हेटौडा । बागमती प्रदेशसभा, कांग्रेस संसदीय दलमा नयाँ ट्विस्ट देखिन थालेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध कांग्रेसका २१ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि हिजो छलफल हुने भनिएको थियो । तर, लामाले उक्त बैठक अस्वीकार गरेपछि आज प्रस्तावमाथि छलफल अघि बढ्दै छ ।
लामाले बैठक एक दिन सारेपछि सांसदहरूको संख्यामा पनि ट्विस्ट आइरहेको छ । इन्द्र बानियाँलाई संसदीय दलको नेता बनाउने गरी २१ जना सांसदले हस्ताक्षर गरेका थिए । त्यसमा एक जना सांसद माया श्रेष्ठ हस्ताक्षरपछि लामा पक्षमा लागेको चर्चा थियो । उनी बानियाँको टिमसँग सम्पर्कविहीन भएकी थिइन् । प्रस्तावमाथि छलफल गर्ने तयारी गरिरहेका बेलामा आजै मिना पराजुलीले पनि हस्ताक्षर फिर्ता लिने निर्णय लिइएकी छिन् ।
बानियाँको पक्षमा २१ सांसदबाट १९ जनामा झरेका छन् । अझै दुई जना सांसदको हस्ताक्षर फिर्ता गराउन सकिने लामा पक्षको बुझाइ रहेको देखिन्छ । उनीहरूले निकट नेताहरूसँग दुई जनाले फिर्ता लिने दाबी गरिरहेका छन् । त्यसो हुँदा बाँनियाँको पक्षमा १७ जना सांसदमा झर्ने छन् । त्यस्तो अवस्थामा भने लामाको पक्षमा बहुमत पुग्नेछ ।
अहिले नै १९ जना बानियाँको पक्षमा र १८ जना लामाको पक्षमा देखिएका छन् । बानियाँ पक्षका नेताहरूको भनाइमा चाहिँ हस्ताक्षर नगरे पनि ३ जना सांसद आफ्नो पक्षमा रहेका छन् । उनीहरूको दाबीमा नुवाकोटका सांसद रमेश महत र खानेपानीमन्त्री श्याम खड्काले पनि राजीनामा दिएर साथ दिने सम्भावना रहेको छ । खड्काले हिजो नै राजीनामा दिने चर्चा थियो । तर, खड्काले अहिलेसम्म राजीनामा दिएका छैनन् ।
कतिपयले भने उनले मन्त्रीको ‘ग्यारेन्टी’ जताबाट आउँछ उतै लाग्ने तयारी गरेका छन् । बानियाँ पक्षलाई राजीनामा खल्तीमा रहेको बताइरहेका छन्, भने लामा पक्षलाई पनि आश्वस्त पारिरहेका छन् ।
त्यसैले, कांग्रेसको संसदीय दलको चुनाव रोचक मोडमा पुगेको हेटौंडामा चर्चा भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: