हेटौडा । बागमती प्रदेशसभा, कांग्रेस संसदीय दलमा नयाँ ट्विस्ट देखिन थालेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध कांग्रेसका २१ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि हिजो छलफल हुने भनिएको थियो । तर, लामाले उक्त बैठक अस्वीकार गरेपछि आज प्रस्तावमाथि छलफल अघि बढ्दै छ ।
लामाले बैठक एक दिन सारेपछि सांसदहरूको संख्यामा पनि ट्विस्ट आइरहेको छ । इन्द्र बानियाँलाई संसदीय दलको नेता बनाउने गरी २१ जना सांसदले हस्ताक्षर गरेका थिए । त्यसमा एक जना सांसद माया श्रेष्ठ हस्ताक्षरपछि लामा पक्षमा लागेको चर्चा थियो । उनी बानियाँको टिमसँग सम्पर्कविहीन भएकी थिइन् । प्रस्तावमाथि छलफल गर्ने तयारी गरिरहेका बेलामा आजै मिना पराजुलीले पनि हस्ताक्षर फिर्ता लिने निर्णय लिइएकी छिन् ।
बानियाँको पक्षमा २१ सांसदबाट १९ जनामा झरेका छन् । अझै दुई जना सांसदको हस्ताक्षर फिर्ता गराउन सकिने लामा पक्षको बुझाइ रहेको देखिन्छ । उनीहरूले निकट नेताहरूसँग दुई जनाले फिर्ता लिने दाबी गरिरहेका छन् । त्यसो हुँदा बाँनियाँको पक्षमा १७ जना सांसदमा झर्ने छन् । त्यस्तो अवस्थामा भने लामाको पक्षमा बहुमत पुग्नेछ ।
अहिले नै १९ जना बानियाँको पक्षमा र १८ जना लामाको पक्षमा देखिएका छन् । बानियाँ पक्षका नेताहरूको भनाइमा चाहिँ हस्ताक्षर नगरे पनि ३ जना सांसद आफ्नो पक्षमा रहेका छन् । उनीहरूको दाबीमा नुवाकोटका सांसद रमेश महत र खानेपानीमन्त्री श्याम खड्काले पनि राजीनामा दिएर साथ दिने सम्भावना रहेको छ । खड्काले हिजो नै राजीनामा दिने चर्चा थियो । तर, खड्काले अहिलेसम्म राजीनामा दिएका छैनन् ।
कतिपयले भने उनले मन्त्रीको ‘ग्यारेन्टी’ जताबाट आउँछ उतै लाग्ने तयारी गरेका छन् । बानियाँ पक्षलाई राजीनामा खल्तीमा रहेको बताइरहेका छन्, भने लामा पक्षलाई पनि आश्वस्त पारिरहेका छन् ।
त्यसैले, कांग्रेसको संसदीय दलको चुनाव रोचक मोडमा पुगेको हेटौंडामा चर्चा भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १४:१४
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...
चैत्र २५ गते, २०८२ - १४:१२
काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...
चैत्र २५ गते, २०८२ - १३:५६
काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध प्रतिनिधि सभामा आवाज उठेको छ। बुधबार बसेको प्...
चैत्र २५ गते, २०८२ - १३:५३
म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ...
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...
चैत्र २५ गते, २०८२ - १२:३०
काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...
चैत्र २५ गते, २०८२ - १२:१५
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...
चैत्र २५ गते, २०८२ - १२:०५
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। गत शुक्रबारदेखि उनीह...
चैत्र २५ गते, २०८२ - ११:५०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र ...


प्रतिकृया लेख्नुहोस्: