Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

गत आवमा मुगुमा ७४ मेट्रिक टन सिमी बिक्री

खबरडबली संवाददाता

मुगु । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट रु चार करोड बराबारको खाद्यबस्तु ( चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ) अन्य जिल्लामा बिक्री भएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार  गत आवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्य वस्तु सो रकम बराबार जिल्ला बाहिर बिक्री भएको हो।  

सो कार्यक्रमले जिल्लालाई सिमीजोनका रूपमा विकसित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको छ।  साथै कार्यक्रमले सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिन थालेको छ। जिल्लाबाट ७४ मेट्रिक टन सिमी बिक्री भएको र सिमी ढुवानीमा किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले रु चार लाख ९० हजार ढुवानी अनुदान दिएको थियो।

त्यसैगरी दुई सय ३० मेट्रिक टन अन्य परम्परागत बाली निर्यात भएको र यसमा चिनो, काउनो, कोदो, फापर अर्ग्यानिक परम्परागत अन्न रहेको पनि कार्यालयले जनाएको छ। यी बालीको स्थानीय गाउँघरको मूल्य  रु दुई करोड सात लाख हुन आउँछ।

निर्यात भएका परम्परागत अन्नमध्ये सिमीलाई मात्र ढुवानी अनुदान दिइएको थियो। चालु आवमा सिमी दुवानी अनुदानका लागि रु पाँच लाख र अन्य बाली ढुवानी अनुदानका लागि रु तीन लाख विनियोजन भएको कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख मल्लले बताए। चालु आवमा ८० मेट्रिक टन सिमी जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको पनि कार्यालय प्रमुख मल्लले जानकारी गराए।

जिल्लाका किसानले परम्परागत अन्नबाली चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ पर्याप्त मात्रामा उत्पादन हुने गर्दछ। बजारसम्म पुर्याउने यातायातका साधन नपाउदा, बजार  थाहा नपाउँदा गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्दै  आएका छन्। सरकारले बजारीकरणको खोजी र दुवानी अनुदान बढाउन ध्यान दिने हो भने ग्रामीण आथिक विकासमा परम्परागत बालीले राम्रो स्थान लिने जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending