Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ताप्लेजुङमा ६२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

खबरडबली संवाददाता

ताप्लेजुङ  । ताप्लेजुङमा हालसम्म करिव ६२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन दोस्रो साता बित्नलाग्दा अर्थात् साउन १३ गते सम्ममा ६१।९७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

जेठ महिनादेखि नै रोपाइँ सुरु गरिने हिमाली जिल्ला ताप्लेजुङमा पर्याप्त वर्षा नभएका कारण रोपाइँ कम भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार यसवर्ष पानीको अभावका कारण समयमा रोपाइँ हुन नसकेको हो । धान खेतीका लागि पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा झण्डै २७ प्रतिशतले रोपाइँ कम भएको श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार गतवर्ष साउन दोस्रो साता सम्ममा ८९ प्रतिशत रोपाइँ सकिएको थियो । यसवर्ष भने प्राय, वर्षा निरन्तर भइरहे पनि रोपाइँ गर्ने गरी अर्थात पानीको मूल पलाउने गरी वर्षा नभएकाले समयमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म सिँचाइका लागि कुलो सञ्चालन हुने क्षेत्रमा मात्र रोपाइँ सकिएको छ ।

पानीको अभावकै कारण जिल्लाको माथिल्लो भेगमा समेत अहिलेसम्म रोपाइँ भइनसकेको किसानले बताएका छन् । माथिल्लो भेगमा अब वर्षा भए पनि धान खेतीका लागि समय पछुवा (ढिलो) भइसकेको किसानको भनाइ छ । जिल्लाको तल्लो औल क्षेत्रमा भने साउन तेस्रो सातासम्म रोपाइँ गर्न पाए धान फल्ने स्थानीय किसान बताउँछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल खेतजीयोग्य जमिन २७ हजार ५५१ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ६६६.३२ प्रतिशतमा धान खेती गर्ने गरिन्छ । यहाँका किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरेका छन् । यस्तै सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातको धान खेतीसमेत लगाउने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० प्रतिशतले बढ्यो सुदूरपश्चिममा गरिबी

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश  सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...

अमेरिकाले इरानको पुनर्निर्माणमा पनि सहयोग गर्नेछ: ट्रम्प

काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णयप्रति संसदमा आपत्ति

काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध प्रतिनिधि सभामा आवाज उठेको छ। बुधबार बसेको प्...

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ...

देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढ्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...

विराटनगर विमानस्थलमा एकाविहानै ५५ जना सवार विमान दुर्घटना भएपछि...

विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...

एनटीसीमा अब डाटा प्याकेज सकिएपछि पनि काटिने छैन पैसा, कसरी लिने सुविधा ?

काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...

भैँसीपालनमा जुट्दै भोजपुरको लुङ्गिनका किसान

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...

गुल्मीमा बाबुछोरी ६ दिनदेखि सम्पर्कविहीन

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। गत शुक्रबारदेखि उनीह...

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छ : अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending