Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

ट्रम्पले पुन भने, मैले हस्तक्षेप नगरेको भए भारत-पाकिस्तान अहिलेसम्म लडिरहेका हुने थिए

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले हस्तक्षेप नगरेको भए भारत र पाकिस्तान अहिलेसम्म युद्ध गरिरहेको हुने थिए भन्ने अभिव्यक्ति दिएका छन् । आज (सोमबार) स्कटल्याण्डमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरसँग ट्रम्प टर्नबेरी गल्फ कोर्समा भेटवार्ता सुरु गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल र विभिन्न प्रेस मिटमार्फत यस्तो दाबी गर्दै आएकोमा आजपनि यो दाबी दोहोर्याएका हुन् । ट्रम्पले व्यापारको लाभ हेरेर आफूले यस्तो भूमिका खेलेको दाबी गरे । उनले भने,”यदि म हुन्न थिएँ भने आजपनि मुख्य ६ वटा युद्धहरु भैरहेको हुने थिए । भारत पाकिस्तानसँग लडिरहेको हुने थियो ।”

तर, भारतले ट्रम्पको यो दाबीलाई अस्विकार गरेको छ । आजपनि भारतीय विदेशमन्त्री डा. एश जयशंकरले ट्रम्पको यो दाबीको खारेज गरेका छन् । आजको लोकसभा बैठकमा अपरेशन सिन्दुरबारेको डिबेटमा भाग लिने क्रममा यस्तो बताएका हुन् । भारत र पाकिस्तान युद्धविराममा तेस्रो पक्षको कुनै भूमिका र संलग्नता नरहेको जयशंकरको जिकिर छ । भारतमा भने आज लोकसभामा अपरेशन सन्दूरको बारेमा भनै बहस चलिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending