काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले हस्तक्षेप नगरेको भए भारत र पाकिस्तान अहिलेसम्म युद्ध गरिरहेको हुने थिए भन्ने अभिव्यक्ति दिएका छन् । आज (सोमबार) स्कटल्याण्डमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरसँग ट्रम्प टर्नबेरी गल्फ कोर्समा भेटवार्ता सुरु गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जाल र विभिन्न प्रेस मिटमार्फत यस्तो दाबी गर्दै आएकोमा आजपनि यो दाबी दोहोर्याएका हुन् । ट्रम्पले व्यापारको लाभ हेरेर आफूले यस्तो भूमिका खेलेको दाबी गरे । उनले भने,”यदि म हुन्न थिएँ भने आजपनि मुख्य ६ वटा युद्धहरु भैरहेको हुने थिए । भारत पाकिस्तानसँग लडिरहेको हुने थियो ।”
तर, भारतले ट्रम्पको यो दाबीलाई अस्विकार गरेको छ । आजपनि भारतीय विदेशमन्त्री डा. एश जयशंकरले ट्रम्पको यो दाबीको खारेज गरेका छन् । आजको लोकसभा बैठकमा अपरेशन सिन्दुरबारेको डिबेटमा भाग लिने क्रममा यस्तो बताएका हुन् । भारत र पाकिस्तान युद्धविराममा तेस्रो पक्षको कुनै भूमिका र संलग्नता नरहेको जयशंकरको जिकिर छ । भारतमा भने आज लोकसभामा अपरेशन सन्दूरको बारेमा भनै बहस चलिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: