रसुवा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान २:१४ बजे भीषण भेलबाढी आएको छ। बाढीका कारण टिमुरेदेखि रसुवागढीसम्मको सडक पूर्णरूपमा कटान भई आवागमन अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार भेल केरूङ खोला वा दायाँतर्फको ल्हेन्दे खोलाबाट आएको हो भन्ने अझै प्रष्ट भइसकेको छैन। यद्यपि, बाढीको कारण मानवीय क्षति भने नभएको उनले जानकारी दिए।
“बाढीको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो,” प्रमुख पौडेलले भने, “नदीको सतह अझै घटेको छैन, स्थानीयहरू घर बाहिरै बसेका छन्।”
बाढीले त्रिशूली जलविद्युत आयोजना र त्रिशूली थ्रि बी आयोजना दुवैमा ठूलो क्षति पु¥याएको बताइएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ। रसुवा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार, उत्तरगया क्षेत्र पनि डुबानमा परेको छ।
भेलबाढी नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा बिहान ३:५५ बजे पुगिसकेको थियो र हाल धादिङतर्फ बढिरहेको हुँदा त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। बाढी बढेपछि रसुवा, नुवाकोट र धादिङमा अलर्ट जारी गरिएको छ।
यसअघि पनि, गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले २० जनालाई बेपत्ता बनाएको थियो। त्यसबेलाको प्रारम्भिक अध्ययन अनुसार, खोलाको माथिल्लो जलाधार क्षेत्रमा रहेको सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा बाढी आएको थियो। सो घटनाले केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू पनि बगाएका थिए।
त्यस्तै, स्याफ्रुबेसीदेखि केरूङसम्मको सडक खण्डसमेत कटानमा परेका थिए।
सबै तस्बिर - माधव अर्यालको फेसबुकबाट








यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: