Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

रसुवाको भोटेकोशीमा फेरि भीषण बाढी, नुवाकोट र धादिङमा अलर्ट (तस्बिरहरू)

खबरडबली संवाददाता

रसुवा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान २:१४ बजे भीषण भेलबाढी आएको छ। बाढीका कारण टिमुरेदेखि रसुवागढीसम्मको सडक पूर्णरूपमा कटान भई आवागमन अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार भेल केरूङ खोला वा दायाँतर्फको ल्हेन्दे खोलाबाट आएको हो भन्ने अझै प्रष्ट भइसकेको छैन। यद्यपि, बाढीको कारण मानवीय क्षति भने नभएको उनले जानकारी दिए।

“बाढीको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो,” प्रमुख पौडेलले भने, “नदीको सतह अझै घटेको छैन, स्थानीयहरू घर बाहिरै बसेका छन्।”

बाढीले त्रिशूली जलविद्युत आयोजना र त्रिशूली थ्रि बी आयोजना दुवैमा ठूलो क्षति पु¥याएको बताइएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ। रसुवा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार, उत्तरगया क्षेत्र पनि डुबानमा परेको छ।

भेलबाढी नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा बिहान ३:५५ बजे पुगिसकेको थियो र हाल धादिङतर्फ बढिरहेको हुँदा त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। बाढी बढेपछि रसुवा, नुवाकोट र धादिङमा अलर्ट जारी गरिएको छ।

यसअघि पनि, गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले २० जनालाई बेपत्ता बनाएको थियो। त्यसबेलाको प्रारम्भिक अध्ययन अनुसार, खोलाको माथिल्लो जलाधार क्षेत्रमा रहेको सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा बाढी आएको थियो। सो घटनाले केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू पनि बगाएका थिए।

त्यस्तै, स्याफ्रुबेसीदेखि केरूङसम्मको सडक खण्डसमेत कटानमा परेका थिए।

सबै तस्बिर - माधव अर्यालको फेसबुकबाट

 

May be an image of tree

May be an image of train and fog

May be an image of fog and mountain

No photo description available.

May be an image of mountain

May be an image of 3 people

May be an image of 1 person, train, cloud, fog and mountain

No photo description available.

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending