काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय पार्टी फुट्ने हल्लालाई असत्य र नियोजित भ्रमको खेती भनेका छन्।
उनले माथिल्लो तहबाट निरन्तर प्रचार गरिँदै आएको पार्टी फुट्ने अड्कललाई थप मलजल गरेर कार्यकर्ता र जनतामा संशय सिर्जना गर्ने प्रयत्नप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबैलाई सचेत रहन आग्रह गरेका छन्।
शर्माले एक विज्ञप्ति जारी गर्दै भने, “बिगत दुई वर्षदेखि निरन्तर रुपमा पार्टी फुट्ने चर्चा गरिँदै आएको छ, तर यो नियोजित ढंगमा कार्यकर्तामाझ भ्रम फैलाउने काम हो। अब हामी बहसलाई पार्टी पुनर्गठन र एजेण्डा केन्द्रित बनाउनु पर्छ।”
उनले गत वर्ष सबै प्रदेशमा सम्पन्न परामर्श बैठक र त्यसपछिको केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशन गर्ने निर्णय गरेको स्मरण गराउँदै, मंसिरसम्म उक्त प्रक्रिया सम्पन्न गरिने बताए। शर्माका अनुसार, विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, सांगठनिक अराजकता, र नेतृत्वमा देखिएको अन्योलतासमेत समाधान गर्नेछ।
शर्माले पुष्पलाल लोकमार्ग र हुलाकी मार्ग अभियानबाट आर्जन गरिएको ऊर्जालाई गुमेको साख पुनः स्थापित गर्न सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। “हामीले आत्मसमिक्षा गर्दै गम्भीर ढंगले एजेन्डा केन्द्रित बहस गर्नुपर्छ,” उनले भने।
देशको वर्तमान अवस्था गम्भीर संकटतर्फ उन्मुख रहेको उल्लेख गर्दै शर्माले यसबाट पार पाउनका लागि संविधान संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन अनिवार्य भएको बताए।
शर्माले संविधान संशोधनमार्फत शासकीय स्वरुप, निर्वाचन प्रणाली, पहिचान र आर्थिक पुनर्संरचना जस्ता विषय उठाउनुपर्ने उल्लेख गर्दै समाजवादउन्मुख अर्थतन्त्रलाई व्यवहारमा उतार्न आर्थिक नीति र संरचना परिवर्तन अपरिहार्य भएको तर्क गरे।
अध्यक्ष प्रचण्डसँगको कथित असमझदारीबारे उठेका प्रश्नहरूमा उनले प्रत्यक्ष रूपमा केही नबोले पनि, पार्टीभित्र गहिरो वैचारिक छलफल र आत्मसमिक्षा आवश्यक रहेको स्पष्ट पारे।
शर्माले निष्कर्षमा भने, “पार्टी विशेष महाधिवेशनतर्फ अघि बढ्दैछ। यसले नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्दै माओवादी आन्दोलनलाई नयाँ दिशातर्फ अघि बढाउनेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: