Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मधेश प्रदेश जेष्ठ नागरिक संघको अध्यक्षमा विजयी किशोर झा

खबरडबली संवाददाता

पर्सा । मधेश प्रदेश जेष्ठ नागरिक संघको अधिवेशन आज पर्सा जिल्लाको बीरगंजमा सम्पन्न भएको छ।अधिवेशनको उद्घाटन सत्र संघका संयोजक जगदीश शर्माको अध्यक्षता र मधेश प्रदेश सरकारका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन सत्रमा मन्त्री जयसवालले जेष्ठ नागरिकप्रतिको कदर र सम्मान समाजको कर्तव्य भएको उल्लेख गर्दै प्रदेश सरकारले जेष्ठ नागरिकहरूको हितमा नीतिगत तथा व्यवहारिक पहल गरिरहेको बताए। उनले संघले समाजमा अनुशासन, ज्ञान र अनुभवको आदान(प्रदानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

यस अधिवेशनबाट संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। विजय किशोर झा ९रौतहट० संघको प्रदेश अध्यक्ष चयन भएका छन्। अन्य निर्वाचित पदाधिकारीहरूमा  प्रथम उपाध्यक्षमा भरत मल्ल (बारा) महिला उपाध्यक्ष ज्योति शाह (पर्सा) महासचिवमा सूखचंद्र लाल कर्ण (धनुषा), कोषाध्यक्षमा रविन्द्र प्रसाद सिंह (सर्लाही), सचिवमा राम नरेश सिंह (सप्तरी), उपकोषाध्यक्षमा राजेश्वर ठाकुर (महोत्तरी), सदस्यहरूमा सलमा नेशा खातुन (सर्लाही), महेश्वरलाल कर्ण (रौतहट) लगायतका रहेका छन्।

यस अधिवेशनले मधेश प्रदेशका विभिन्न जिल्लाबाट जेष्ठ नागरिकको प्रतिनिधित्व समेट्दै एक समावेशी र अनुभवसिद्ध नेतृत्वको संरचना प्रस्तुत गरेको छ। महिला उपाध्यक्षको चयनले लैङ्गिक समावेशिताको संकेत गरेको छ भने विभिन्न जिल्लाबाट चयन भएका पदाधिकारीहरूले संघलाई प्रदेशभर सशक्त रूपमा विस्तार गर्न सक्ने सम्भावना देखिएको छ। प्रदेश अध्यक्ष झाले न्युज कारखाना संग कुरा गर्दै जेष्ठ नागरिकको हकमा अहोरात्र खट्ने प्रतिवद्धता जनाएका छन्।

जेष्ठ नागरिक संघहरूले समाजमा अनुशासन, सामाजिक चेतना, अनुभवको हस्तान्तरण, तथा युवापुस्तामा मार्गदर्शनको भूमिका निर्वाह गर्न सक्छन्। मधेश प्रदेशको सन्दर्भमा, जहाँ सामाजिक संरचना अझै परम्परागत मूल्यमान्यतामा आधारित छ, त्यहाँ यस्ता संघहरू सामाजिक संवाद र सहकार्यको महत्त्वपूर्ण माध्यम बन्न सक्छन्।

प्रदेश सरकार र संघबीच सहकार्य बढेमा नीति निर्माणदेखि सेवाप्रवाहसम्म जेष्ठ नागरिकका लागि थप सशक्त कार्यक्रमहरू ल्याउन सकिने सम्भावना रहेको छ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending