Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सरकारका कयौँ मन्त्रीहरु नै भ्रष्टाचारका काण्डमा रोमलिएका छन्ः अथक

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर गहतराज ‘अथक’ले पार्टीभित्र विधिको कुरा गर्नेहरुले नै विधि पालना नगरेको बताएका छन् ।  विधिको कुरा गर्नेले विधि नमान्ने र खुला मञ्चमा गएर बोल्ने प्रविधि गलत भएको उनको भनाइ छ । 

अर्का एक टेलिभिजन कार्यक्रममार्फत पनि उनले पार्टीलाई कमजोर बनाउने प्रवृत्तिप्रति सबै सचेत हुनुपर्नेमा जोड दिएका छन्  । सरकार भ्रष्टाचारको दलदलमा रहेका बेला उसकाविरुद्ध बोल्नुपर्नेमा पार्टीमा अनावश्यक समस्या निम्ताइएको बताउँदै  अबको पार्टी बैठकमा यो विषयमा छलफल हुने बताए । उनले भने, ुपार्टीको विधि, पद्दतीअनुसार नै चल्नु पर्यो । खुला मंचमा गएर होइन्, विधिको कुरा गर्ने तर आफैँले तोड्ने काम भएको छ । देशमा विचौलिया, भ्रष्टाचारीहरुको रजगज छ । सरकारका कयौँ मन्त्रीहरु नै भ्रष्टाचारका काण्डमा रोमलिएका छन् । यही विषयमा बोल्न नै समय पुगिराखेको छैन । यस्तो बेलामा पार्टी र नेतृत्वलाई प्रहार गर्ने काम कसरी विधिसम्मत हुनसक्छ ?’ 

पार्टीभित्रै विधिगत छलफल गर्नुपर्नेमा बाहिर चर्चा गर्ने प्रवृत्तिले कसैलाई पनि राम्रो नहुने बताउँदै उनले भने, ‘अध्यक्ष कमरेडको नजिक भएर काम गर्नु भएको छ । त्यस्तै नेताहरुले नै बाहिर बोल्दै हिड्नु भएको छ । जनयुद्धको मुख्य आधारमध्येको एक जिल्लाको निरन्तर प्रतिनिधित्व गर्नु भएको छ । उहाँको भूमिका राज्य सत्ताको नजिक हुँदा आफ्नो जिल्लालाई राम्रो पनि गर्नु भएको छ । त्यस्तो योगदान भएको नेताले जसरी बाहिर लैजाने काम गर्नु भएको छ, यो जायज छैन । पद्दती र प्रक्रियागत मान्न सकिँदैन ।’

जनतामा उभार आएका बेलामा माओवादी पार्टीभित्र विभिन्न समयमा समस्या आउने गरेको स्मरण गर्दै अथकले पार्टी भित्रका समस्याग्रत व्यक्तिहरुले बेलाबेलामा नेताहरुलाई उचाल्ने गरेको टिप्पणी गरे । उनले भने, ‘माओवादीबाट बाहिर गएर एक दर्जन पार्टी भएका छन् । चाकडीबाजहरुको टिमले प्रचण्डसँग कोही छैन, तपाइँ नै हो अब भनेर उचाल्ने व्यक्तिहरुका कारणले पनि समस्या भएको छ ।’

पार्टीको विधि र पद्दती भन्दा बाहिर जाने विषयमा पार्टी बैठकमै छलफल हुने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending