काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर गहतराज ‘अथक’ले पार्टीभित्र विधिको कुरा गर्नेहरुले नै विधि पालना नगरेको बताएका छन् । विधिको कुरा गर्नेले विधि नमान्ने र खुला मञ्चमा गएर बोल्ने प्रविधि गलत भएको उनको भनाइ छ ।
अर्का एक टेलिभिजन कार्यक्रममार्फत पनि उनले पार्टीलाई कमजोर बनाउने प्रवृत्तिप्रति सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् । सरकार भ्रष्टाचारको दलदलमा रहेका बेला उसकाविरुद्ध बोल्नुपर्नेमा पार्टीमा अनावश्यक समस्या निम्ताइएको बताउँदै अबको पार्टी बैठकमा यो विषयमा छलफल हुने बताए । उनले भने, ुपार्टीको विधि, पद्दतीअनुसार नै चल्नु पर्यो । खुला मंचमा गएर होइन्, विधिको कुरा गर्ने तर आफैँले तोड्ने काम भएको छ । देशमा विचौलिया, भ्रष्टाचारीहरुको रजगज छ । सरकारका कयौँ मन्त्रीहरु नै भ्रष्टाचारका काण्डमा रोमलिएका छन् । यही विषयमा बोल्न नै समय पुगिराखेको छैन । यस्तो बेलामा पार्टी र नेतृत्वलाई प्रहार गर्ने काम कसरी विधिसम्मत हुनसक्छ ?’
पार्टीभित्रै विधिगत छलफल गर्नुपर्नेमा बाहिर चर्चा गर्ने प्रवृत्तिले कसैलाई पनि राम्रो नहुने बताउँदै उनले भने, ‘अध्यक्ष कमरेडको नजिक भएर काम गर्नु भएको छ । त्यस्तै नेताहरुले नै बाहिर बोल्दै हिड्नु भएको छ । जनयुद्धको मुख्य आधारमध्येको एक जिल्लाको निरन्तर प्रतिनिधित्व गर्नु भएको छ । उहाँको भूमिका राज्य सत्ताको नजिक हुँदा आफ्नो जिल्लालाई राम्रो पनि गर्नु भएको छ । त्यस्तो योगदान भएको नेताले जसरी बाहिर लैजाने काम गर्नु भएको छ, यो जायज छैन । पद्दती र प्रक्रियागत मान्न सकिँदैन ।’
जनतामा उभार आएका बेलामा माओवादी पार्टीभित्र विभिन्न समयमा समस्या आउने गरेको स्मरण गर्दै अथकले पार्टी भित्रका समस्याग्रत व्यक्तिहरुले बेलाबेलामा नेताहरुलाई उचाल्ने गरेको टिप्पणी गरे । उनले भने, ‘माओवादीबाट बाहिर गएर एक दर्जन पार्टी भएका छन् । चाकडीबाजहरुको टिमले प्रचण्डसँग कोही छैन, तपाइँ नै हो अब भनेर उचाल्ने व्यक्तिहरुका कारणले पनि समस्या भएको छ ।’
पार्टीको विधि र पद्दती भन्दा बाहिर जाने विषयमा पार्टी बैठकमै छलफल हुने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: