Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

प्रसूति भवन निर्माणले स्थानीयलाई सहज

खबरडबली संवाददाता

भोजपुर । भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसूति गराउनसमेत घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् ।

यहाँ वडा कार्यालयको पहलमा २५ लाख लागतमा प्रसूति भवन निर्माण गरिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए । संघीयता कार्यान्वयनसँगै साबिकको एक वडालाई फुटाएर दुईवटा वडा बनाइएकाले यहाँ कुनै पनि संरचना नभएको कारण स्थानीयलाई समस्या रहेकाले सहज स्वास्थ्य सेवा विस्तारका लागि प्रसूति भवन निर्माण गरिएको उनको भनाइ छ ।

‘स्थानीयवासीलाई सहज स्वास्थ्य सेवा पु¥याउन प्रसूति भवन निर्माण गरेका हौं,’ वडाध्यक्ष नेपालले भने, ‘वडा विभाजनपछि यहाँ स्वास्थ्य सेवा लिन कठिनाइ छ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर प्रसूति भवन निर्माणको पहल थालेका हौं ।’

भवनबाट सेवा सुरु भएपछि यहाँका गरिब तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।

भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता हट्ने स्थानीयवासी तथा वडा सदस्य प्रेमकुमारी श्रेष्ठले बताइन् । वर्षौंपछि गाउँमा नै सुरक्षित प्रसूति सेवा लिने वातावरण बन्ने भएपछि खुसी लागेको उनको भनाइ छ ।

‘गाउँमै प्रसूति निर्माणले भवनले उत्साहित भएका छौं,’ उनले भनिन्, ‘गाउँमा सुरक्षित प्रसूति गराउने ठाउँ नहुँदा धेरै समस्या थियो, यातायातको साधन नचलेको अवस्थामा डोको तथा स्टेचरमा बोकेर सदरमुकामसम्म लैजानुपर्ने बाध्यता थियो ।’

हिउँदको समयमा यातायात सेवा सञ्चालन भए पनि बर्खायाममा भने यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या रहेको स्थानीयवासी विशाल राईले बताए । आफ्नै ठाउँमा प्रसूति भवन निर्माणले उत्साह थपिएको राईको भनाइ छ । भवनलाई सुरक्षा प्रदान गर्नका लागि घेराबारासँगै पहिरोबाट बचाउन पर्खाल लगाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

नागरिकको आधारभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्यजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्न आवश्यक रहेको स्थानीयवासीले बताउने गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

वर्षा–पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।  नेपाल प्रहरीले शुक्रबार बिहान ...

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending