भोजपुर । भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसूति गराउनसमेत घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् ।
यहाँ वडा कार्यालयको पहलमा २५ लाख लागतमा प्रसूति भवन निर्माण गरिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए । संघीयता कार्यान्वयनसँगै साबिकको एक वडालाई फुटाएर दुईवटा वडा बनाइएकाले यहाँ कुनै पनि संरचना नभएको कारण स्थानीयलाई समस्या रहेकाले सहज स्वास्थ्य सेवा विस्तारका लागि प्रसूति भवन निर्माण गरिएको उनको भनाइ छ ।
‘स्थानीयवासीलाई सहज स्वास्थ्य सेवा पु¥याउन प्रसूति भवन निर्माण गरेका हौं,’ वडाध्यक्ष नेपालले भने, ‘वडा विभाजनपछि यहाँ स्वास्थ्य सेवा लिन कठिनाइ छ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर प्रसूति भवन निर्माणको पहल थालेका हौं ।’
भवनबाट सेवा सुरु भएपछि यहाँका गरिब तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।
भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता हट्ने स्थानीयवासी तथा वडा सदस्य प्रेमकुमारी श्रेष्ठले बताइन् । वर्षौंपछि गाउँमा नै सुरक्षित प्रसूति सेवा लिने वातावरण बन्ने भएपछि खुसी लागेको उनको भनाइ छ ।
‘गाउँमै प्रसूति निर्माणले भवनले उत्साहित भएका छौं,’ उनले भनिन्, ‘गाउँमा सुरक्षित प्रसूति गराउने ठाउँ नहुँदा धेरै समस्या थियो, यातायातको साधन नचलेको अवस्थामा डोको तथा स्टेचरमा बोकेर सदरमुकामसम्म लैजानुपर्ने बाध्यता थियो ।’
हिउँदको समयमा यातायात सेवा सञ्चालन भए पनि बर्खायाममा भने यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या रहेको स्थानीयवासी विशाल राईले बताए । आफ्नै ठाउँमा प्रसूति भवन निर्माणले उत्साह थपिएको राईको भनाइ छ । भवनलाई सुरक्षा प्रदान गर्नका लागि घेराबारासँगै पहिरोबाट बचाउन पर्खाल लगाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
नागरिकको आधारभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्यजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्न आवश्यक रहेको स्थानीयवासीले बताउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १९:५५
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...
माघ १३ गते, २०८२ - १९:४८
काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...
माघ १३ गते, २०८२ - १९:४०
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...
माघ १३ गते, २०८२ - १९:३६
लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...
माघ १३ गते, २०८२ - १९:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...
माघ १३ गते, २०८२ - १९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...
माघ १३ गते, २०८२ - १९:०३
काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...
माघ १३ गते, २०८२ - १९:००
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...
माघ १३ गते, २०८२ - १८:५९
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...
माघ १३ गते, २०८२ - १८:३०
काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...




प्रतिकृया लेख्नुहोस्: