हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७, थाया गाउँमा अज्ञात रोगका कारण मौरी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । एक सातादेखि मौरी मर्ने क्रम बढे पनि रोगको पहिचान हुन नसकेको स्थानीय किसानले बताएका छन् ।
व्यावसायिक मौरीपालन गर्दै आएका भैरे सिंहले आफ्नो एउटा घारका मौरी मरेको र कारण पत्ता नलागेको बताए । अर्का किसान वीरबहादुर सिंहका अनुसार उनको तीनवटा र भैरेको एक घारका मौरी मरेका छन् । “यो समयमा मौरीले जंगलको फूलको रसबाट मह बनाउँछन्, तर अचानक घारमै मौरी मर्न थालेपछि हामी चिन्तित छौं,” उनले भने ।
मौरी मर्ने समस्याले मह उत्पादनमा कमी आउने र व्यवसाय नै धरापमा पर्ने डर किसानमा छ । यो समस्या थायामा मात्र नभई हुम्ला जिल्लाभर देखिएको छ । किसानले रोग पहिचान गरी समाधान खोज्न सरकारी निकायसँग आग्रह गरेका छन् । साथै, मौरी जोगाउन र मौरीपालक किसानको हौसला बढाउन तीनै तहका सरकारले चासो दिनुपर्ने उनीहरूको माग छ ।
पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख नवीन पौडेलले मौरी मर्नुको कारण जंगलमा डढेलो, गुणस्तरीय रानी मौरीको अभाव, विषादीको बढ्दो प्रयोग, र समयानुकूल घार व्यवस्थापनको कमी हुन सक्ने बताए । रोग पहिचानका लागि कर्मचारी खटाइसकिएको र आवश्यक परे विज्ञ टोली पठाइने उनले उल्लेख गरे ।
हुम्लामा एक माना महको मूल्य एकहजार दुईसय रुपैयाँ छ । मौरीपालनबाट धेरै किसानले परिवारको खर्च चलाउँदै आएका छन् । तर, मौरी मर्न थालेपछि खर्च व्यवस्थापनको चिन्ता बढेको उनीहरू बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: