Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

खबरडबली संवाददाता

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ ।

शनिबार धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा होटल, क्याटरिङ तथा अन्य व्यवसायीले आफ्ना कामदारमार्फत आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेको पाइएको छ ।

ग्यासको अभाव देखिएपछि उपभोक्ताले पनि आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेको पाइएको अनुगमन अधिकृत सापकोटाले बताए। उनका अनुसार धरानमा हाल दैनिक न्यूनतम एक हजारदेखि अधिकतम दुई हजारसम्म ग्यास सिलिन्डर आउने गरेको छ ।

आपूर्ति भइरहे पनि वितरण प्रणाली व्यवस्थित नहुँदा तथा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्दा बजारमा ग्यासको अभाव देखिएको हुनसक्ने उनले बताए।

अनुगमनका क्रममा ग्यास डिलरबाट मात्रै ग्यास बिक्री वितरण गर्न र किराना पसललगायतका अन्य खुद्रा पसलबाट ग्यास बिक्री नगर्न व्यवसायीलाई निर्देशन दिइएको छ । एउटा परिवारलाई एक पटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउनसमेत डिलरलाई आग्रह गरिएको सापकोटाले बताए।

पछिल्लो समय डिलरबाट सहज रूपमा ग्यास पाउन नसक्दा उपभोक्ता किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको गुनासो बढेको छ । ग्यास लिन उपभोक्ताले लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको उपभोक्ताको भनाइ छ ।

ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अनुगमन टोलीले व्यवसायीलाई आग्रह गरेको छ ।

उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन डिलर तथा बिक्री केन्द्रले निष्पक्ष र व्यवस्थित रूपमा वितरण गर्नुपर्नेमा अनुगमन टोलीले जोड दिएको छ । उपमहानगरपालिकाले ग्यासको आपूर्ति तथा वितरण अवस्थाबारे अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठदलीय अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक, जनार्दन शर्माले भने– ‘देश सङ्कटपूर्ण अवस्थामा छ’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...

दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...

देउवा स्वदेश फर्कंदै, स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेता-कार्यकर्तालाई महतको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा। प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा विमा...

व्यास र देवघाटका सुकुम्वासीलाई जग्गा दिने तयारी

तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइ...

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध

इलाम। मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम(राजदुवाली खण्डमा पहिरो गएपछि अव...

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा भएको छन् । उनले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा भएको हो । निर्मला पन्त हत्या ...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ। बैठक ...

सल्यानमा सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ पक्राउ

सल्यान। जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending