Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

तामझामका साथ १५ शय्याका अस्पताल शिलान्यास भएको पाँच वर्ष पुग्न लाग्दा पनि काम अधुरै

कालीगण्डकी गाउँपालिकामा निर्माणाधीन अस्पताल । तस्बिरः तिलाचन पाण्डे, गाेरखापत्र दैनिक
खबरडबली संवाददाता

गुल्मी । २०७७ मङ्सिर १५ गते तामझामका साथ १५ शय्याका अस्पताल शिलान्यास भएको पाँच वर्ष पुग्न लाग्दा पनि गुल्मीका अधिकांश अस्पताल निर्माण अधुरै रहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गर्ने सरकारी घोषणा अनुसार गुल्मीमा समेत धुमधामका साथ शिलान्यास गरिएको थियो । 

गुल्मीमा अहिले कतै अस्पताल निर्माणमा ढिलाइ भएको छ भने कतै काम नै सुरु भएको छैन । 

छत्रकोटमा बोलपत्रको तयारी 

छत्रकोट–४, शृङ्गामा शिलान्यास गरिएको अस्पताल अझै अन्योलमा छ । शिलान्यास गरिएको जग्गा मापदण्ड अनुसार नपरेकाले करिब तीन सय मिटर पर नयाँ जग्गा व्यवस्थापन गरिएको छ । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले अब बोलपत्र प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । यसै गरी अर्खबाङमा पूर्वमन्त्री गोकर्णराज विष्टले शिलान्यास गर्नुभएको अस्पताल लामो समयसम्म स्थगित रह्यो । उपाध्यक्ष उपेन्द्र अर्यालले हाल भने मापदण्ड अनुसारको नयाँ जग्गा पहिचान गरी घडेरी सम्याउने काम भइरहेको बताए ।

सत्यवती, मदाने र मुसीकोटमा काम हुँदै

जोहाङमा निर्माणाधीन अस्पतालको काम ७० प्रतिशत पूरा भएको छ । १२ करोड रुपियाँको लागतमा आशिष–योगेश्वर जेभीले निर्माणको जिम्मा लिएको हो । यस्तै पुर्कोटदहमा निर्माण भइरहेको अस्पतालको ७५ प्रतिशत भौतिक र ६८ प्रतिशत आर्थिक प्रगति भएको छ । मुसीकोट–७ मा १५ शय्याको अस्पतालको ७५ प्रतिशत काम सकिएको छ । खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले ११ करोड १० लाख लागतमा निर्माण गरिरहेको हो ।

दुई अस्पताल निर्माण सम्पन्न

गुल्मीदरबार–३, झाँक्रीडाँडामा निर्माण सम्पन्न भई केही महिनाअघिदेखि अस्पताल सञ्चालनमा आइसकेको छ । चन्द्रकोट–४, शान्तिपुरस्थित अर्को अस्पताल पनि निर्माण सम्पन्न भई हस्तान्तरणको तयारीमा रहेको छ ।

रुरुक्षेत्रमा काम अगाडि

रातामाटामा निर्माणाधीन अस्पतालमा ८५ प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ । १४ करोड ४२ लाख रुपियाँ लागतको काम प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले गरिरहेको हो । यसै गरी पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गर्नुभएको कनौटास्थित अस्पतालको ५० प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भएको छ । प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीका अनुसार अब भने काम छिटो अगाडि बढाउने तयारी भइरहेको छ ।

धुर्कोटमा र इस्मामा निर्माण हुँदै

धुर्कोट रजस्थलमा पहिरोका कारण ढिलाइ भएको अस्पताल निर्माण अब करिब १५ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा छ । १३ करोड रुपियाँको लागतमा उक्त आयोजना रविना–अर्जुन–न्यु लिजा जेभीले निर्माण गरिरहेको छ । इस्मा–४, दोहलीस्थित गुरुङगाडेमा निर्माणाधीन अस्पतालको ३२ प्रतिशत काम सम्पन्न भएको छ । अध्यक्ष भगतसिंह खड्काका अनुसार निर्माणको जिम्मा सुनील समीर निर्माण सेवाले लिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको विन्टर अफर २०८२: ग्राहकका लागि विभिन्न प्याकेजसहित आकर्षक सुविधा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...

१३ वर्षदेखि नेपालमा भिसा दुरुपयोग: व्यवसाय नभएका चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...

विराटनगर रानीबाट ८ थान मोबाइल फेला, लिन आउन प्रहरीको अनुरोध

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...

लमजुङमा चुनावी मैदान तात्यो: पृथ्वीसुब्बा गुरुङलाई कांग्रेस–रास्वपाकाे चुनौती

लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...

नेकपा पुरानै अनुहारले कब्जा, प्रचण्ड मैदान फर्किए, शर्मा–किराती पार्टीबाहिर

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...

विद्यालय हाताभित्रै बसको ठक्कर, चार वर्षीया बालिकाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...

सरकारी स्रोत दुरुपयोग रोक्न आयोगको कदम, खर्च अनुगमन अधिकृत तोकिए

 काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...

मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो हुन्छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending