Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

मिडिया काउन्सिल विधेयक संशोधन गर्न माग

पञ्चायती सोच झल्किने प्रावधानप्रति आपत्ति (विज्ञप्तिसहित)

खबरडबली संवाददाता

काठमाडौं । प्रेस सेन्टर नेपालले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलरत मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै संशोधन नभए चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ ।

संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै मिडिया काउन्सिल विधेयकका विभिन्न प्रावधान प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको निष्कर्ष सार्वजनिक गरेको हो ।

पञ्चायती सोच झल्किने प्रावधानप्रति आपत्ति

प्रेस सेन्टरले प्रतिनिधिसभामा विचाराधीन विधेयकका केही धाराहरूले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्ने उल्लेख गर्दै ती प्रावधानहरू विश्वव्यापी मान्यता र नेपालको संविधानसँग प्रतिकूल रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, "विधेयक पञ्चायतकालीन कानुनभन्दा पनि प्रतिगामी छ ।"

सिफारिस समिति र नियुक्ति प्रक्रियामा असहमति

संगठनले काउन्सिलमा पदाधिकारी नियुक्तिका लागि प्रस्ताव गरिएको सिफारिस समिति—जसमा सञ्चार मन्त्रालयका सचिव, सहसचिव तथा सरकारले मनोनयन गर्ने एकजना विज्ञ रहने व्यवस्था गरिएकोलाई अस्वीकार गरेको छ । यसको सट्टामा राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा नयाँ समिति गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

समावेशी संरचना र विज्ञ प्रतिनिधित्वको माग

प्रेस सेन्टरले काउन्सिलको संरचना संविधानमा प्रत्याभूत समानुपातिक समावेशी सिद्धान्तअनुसार बनाउनुपर्नेमा जोड दिएको छ । साथै, सूचना प्रविधि, मानवअधिकार, सञ्चार नीति आदिमा विज्ञहरूलाई प्रतिनिधित्व गरिनुपर्ने माग गरिएको छ ।

कार्यकारी नेतृत्व नियुक्तिको नयाँ प्रस्ताव

मन्त्रालयको सहसचिवलाई कार्यवाहक अध्यक्ष बनाउने प्रावधानप्रति असहमति जनाउँदै संगठनले काउन्सिलको वरिष्ठतम सदस्यलाई कार्यवाहक अध्यक्ष बनाउने र खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रस्ताव अघि सारेको छ ।

बजेट र प्रतिवेदन संविधानअनुसार माग

मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त निकायका रूपमा कायम राख्न यसको बजेट र वार्षिक प्रतिवेदन संविधानअनुसार संसदमा प्रस्तुत गर्नुपर्ने प्रेस सेन्टरको धारणा छ ।

पत्रपत्रिका वर्गीकरण र प्रेस प्रतिनिधि वितरणको जिम्मेवारी काउन्सिलमार्फत नै गरिनुपर्नेमा जोड दिँदै, छुट्टै निकाय नबनुञ्जेल हालको व्यवस्था सुधार गर्नुपर्ने संगठनको माग छ।

सहकार्यसहित चरणबद्ध आन्दोलनको चेतावनी

विधेयक संशोधन नभएमा प्रेस स्वतन्त्रताका पक्षधर सबै निकायसँग सहकार्य गर्दै दबाबमूलक कार्यक्रमसहित चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी संगठनले दिएको छ । "दबाबमूलक कार्यक्रम सञ्चालन गर्न हामी सबैसँग सहकार्यको आह्वान गर्दछौं," विज्ञप्तिमा भनिएको छ ।

महासचिव मनोज घर्तीमगरले संसद तथा विषयगत समितिको गम्भीर ध्यानाकर्षण गराउँदै, प्रेस स्वतन्त्रताको रक्षाका लागि ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।
 

हेर्नुहाेस् विज्ञप्ति

मिडिया काउन्सिल विधेयकबारे प्रेस सेन्टर नेपालबाट जारी प्रेस विज्ञप्ति

प्रेस सेन्टर नेपाल

प्रेस सेन्टर नेपालले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा संसदको विषयगत समिति र विभिन्न मञ्चहरूमा आफ्नो धारणा राखिसकेको छ । विधेयकका केही प्रावधानहरूबारे प्रेस सेन्टर नेपालको गम्भीर सरोकार रहेको छ । यस सम्बन्धमा थप स्पष्टता प्रदान गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१) राष्ट्रिय सभाबाट पारित विधेयकका प्रावधानप्रति ध्यानाकर्षण : राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्ने देखिएको छ । यी प्रावधानहरूले विधेयकलाई पञ्चायतकालीन कानूनभन्दा पनि प्रतिगामी बनाउने जोखिम छ । यस्ता प्रावधानहरू विश्वव्यापी प्रेस स्वतन्त्रताको मान्यता, नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति, २०७३, र डा. सुरेश आचार्य नेतृत्वको आमसञ्चार क्षेत्र सुधार समितिको सुझावविपरीत छन् ।

२) पदाधिकारी नियुक्ति सिफारिस समितिको संरचना सुधार : विधेयकमा मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सरकारले तोकेको एकजना विज्ञ र मन्त्रालयका सहसचिव रहने सिफारिस समिति बनाउने प्रावधान छ । यो प्रावधान राष्ट्रिय आमसञ्चार नीति, २०७३ को दफा २.१९ विपरीत छ र मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र सक्षम निकाय बनाउन असफल हुन्छ । यसलाई संशोधन गरी राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री र संसदको विषयगत समितिका सभापति रहने सिफारिस समिति बनाइनुपर्छ । काउन्सिलका पदाधिकारीका कार्यकालको स्थायित्वलाई प्राथमिकता दिंदै हटाउनै परेमा नियुक्तिको सिफारिस गर्ने समितिले नै छानवीन गरेर दिएको प्रतिवेदनको आधारमा हटाउन सकिने प्रावधान राख्नुपर्छ ।

३) पदाधिकारीको संरचनागत सुधार : मिडिया काउन्सिलको प्रस्तावित पदाधिकारी संरचना नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीतिले प्रत्याभूत गरेको समानुपातिक समावेशी सिद्धान्तविपरीत छ । काउन्सिलको अध्यक्ष र सदस्यहरूको नियुक्ति संघीय संरचना र समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुनुपर्छ, जसले भौगोलिक, लैङ्गिक, क्षेत्रीय, जातीय र सामाजिक विविधतालाई प्रतिनिधित्व गरोस् । साथै, काउन्सिलमा सूचना प्रविधि, मानवअधिकार, सञ्चार नीतिजस्ता विषयगत विज्ञहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ । काउन्सिल पत्रकारहरूको मात्रै होइन, सम्पूर्ण नागरिक हित र अभिव्यक्ति स्वतन्त्रताको संरक्षक निकाय हो भन्ने सन्देश स्पष्ट हुनु जरुरी छ ।

४) कार्यवाहक अध्यक्षको व्यवस्था : काउन्सिलको अध्यक्षको नियुक्ति नभएको वा रिक्त रहेको अवस्थामा मन्त्रालयको सहसचिवलाई कार्यवाहक अध्यक्ष बनाउने प्रावधानले काउन्सिललाई मन्त्रालयको मातहतको निकाय बनाउँछ । यो प्रावधान हटाई काउन्सिलका सदस्यहरूमध्येबाट वरिष्ठतम सदस्यलाई कार्यवाहक अध्यक्ष बनाउने व्यवस्था गरिनुपर्छ । साथै, काउन्सिलमा खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रावधान राखिनुपर्छ ।

५) बजेट र वार्षिक प्रतिवेदन : स्वतन्त्र र स्वायत्त निकायको रुपमा राख्न काउन्सिलको वार्षिक बजेट र काउन्सिलको वार्षिक प्रतिवेदन प्रस्तुत् नेपालका संवैधानिक आयोग बमोजिम हुनुपर्छ ।

६) प्रेस प्रतिनिधि वितरण र पत्रपत्रिका वर्गीकरण : काउन्सिलबाट प्रेस प्रतिनिधि वितरण गर्ने प्रावधानको पुनरावलोकन गरी पत्रपत्रिका वर्गीकरणका लागि छुट्टै स्वायत्त निकाय गठन नहुँदासम्म काउन्सिलबाटै यो जिम्मेवारी सम्पादन गर्ने व्यवस्था राखिनुपर्छ ।

७) प्रेस स्वतन्त्रताको रक्षा : प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति, २०७३, आमसञ्चार क्षेत्र सुधार समितिको सुझाव, र नेपाल पत्रकार महासंघलगायत सम्बद्ध संगठनहरूसँग भएको समझदारीअनुसार प्रेस सेन्टर नेपालले उठाएका यी विषयहरूलाई सम्बोधन गरी विधेयक संशोधन गरिनुपर्छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति तथा समग्र प्रतिनिधि सभालाई यो विषयमा गम्भीर ध्यानाकर्षण गराइन्छ ।

८) दबाबमूलक कार्यक्रममा सहकार्यको आह्वान : मिडिया काउन्सिल विधेयकका कतिपय प्रावधान संशोधन गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्न प्रेससँग सम्बन्धित सबै संघसंस्थालाई प्रेस सेन्टर नेपाल सहकार्यको आह्वान गर्दछ । यदि विधेयक संशोधन नभएमा प्रेस सेन्टर नेपाल चरणबद्ध आन्दोलनमा उत्रने घोषणा गर्दछ ।
धन्यवाद ।
 

१८ साउन २०८२
 (मनोज घर्तीमगर)
  महासचिव

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending