हुम्ला । जनता आवास कार्यक्रममार्फत न्यून आय भएका लक्षित वर्गका लागि निर्माण गरिएका घरहरू प्रयोगविहीन बनेका छन् । हुम्ला जिल्लाका विभिन्न चार स्थानमा सरकारी लगानीमा निर्मित यस्ता घरहरू सेवाग्राहीले प्रयोगमा नल्याएको पाइएको छ ।
अदानचुली गाउँपालिका–२, मकैमा जनता आवास कार्यक्रमको आर्थिक सहयोगमा निर्मित नौ वटा घर प्रयोगविहीन रहेको स्थानीय दत्त बुढाले बताए । उनका अनुसार, बजेट प्राप्तिको लोभमा अपायक स्थानमा घर बनाइएकाले सेवाग्राहीले ती घर प्रयोग गर्न नचाहेका हुन् । प्रतिघर साढे तीन लाखभन्दा बढी लगानीमा निर्मित तीनकोठे यी भवनहरू न्यून आय भएका गरिब तथा दलित परिवारले आफैंले बनाएका हुन् । बुढाले घर निर्माण गरिबका लागि सकारात्मक भए पनि ती प्रयोगमा नआउनुको कारण खोजिनुपर्ने बताए ।
यस्तै, खार्पुनाथ गाउँपालिका–२, सेराडिलको औल बस्तीमा सरकारी सहयोगमा निर्मित ११ वटा घर पनि प्रयोगमा नआएको स्थानीय कर्णबहादुर छत्यालले जानकारी दिए । उनका अनुसार, उक्त स्थान हिउँदमा पशुचौपाया पाल्न मात्र प्रयोग हुने भएकाले निर्माण भएदेखि नै ती घर खाली छन् । घर निर्माणपूर्व आवश्यक अध्ययन नगर्दा सरकारी लगानी बालुवामा पानी भएको उनले बताए ।
त्यसैगरी, खार्पुनाथ गाउँपालिका–५, याङ्चुमा २७ दलित घरधुरीका लागि बनाइएका भवनहरू पनि प्रयोगविहीन भई जीर्ण बन्दै गएको स्थानीय पारस शाहीले बताए । छ वर्षअघि दुई लाख ७० हजार रुपियाँको सरकारी सहयोगमा निर्मित यी भवन गाउँपालिका केन्द्रनजिकै भए पनि प्रयोगमा आएका छैनन् । सिमकोट गाउँपालिका–५ र ६ को गुम्बामा निर्मित तीन वटा भवन पनि पहुँचका आधारमा निर्माण गरिएकाले प्रयोगमा नआएको स्थानीय सुरेश परियारले बताए ।
परियारका अनुसार, छनोटमा परेका लक्षित वर्गसँग पहिल्यै घर भएकाले उनीहरूले सहयोग रकमबाट नयाँ घर बनाएर बजेट सिध्याए, तर बस्न नचाहँदा जस्तापाताले छाएका यी भवन प्रयोगविहीन छन् । सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतले मागअनुसार भवन निर्माण हुने तर प्रयोगमा नआउने समस्या हुम्लामा देखिएको बताए । यस्ता भवनको उपयोग सुनिश्चित गर्न नयाँ उपाय अवलम्बन गर्न लागिएको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: