Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

प्यालेस्टाइन समर्थक प्रदर्शनमा असान्जको सहभागिता

खबरडबली संवाददाता

सिड्नी । विकिलिक्सका संस्थापक जुलियन असान्जसहित प्यालेस्टाइन समर्थक दशौँ हजार प्रदर्शनकारीले आइतबार सिड्नी हार्बर ब्रिजमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका कारण विश्वप्रसिद्ध सिड्नी हार्बर ब्रिजमा आवागमन बन्द भएको थियो । उच्च सुरक्षा भएको बेलायती जेलबाट छुटेपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्जलाई अस्ट्रेलियाका पूर्वविदेशमन्त्री तथा न्यू साउथ वेल्सका मुख्यमन्त्री बब कारसँगै परिवारले घेरेको र प्रदर्शनमा सहभागी भएको तस्बिर सार्वजनिक भएको छ ।

फ्रान्स, बेलायत र क्यानडाले हालैका हप्ताहरूमा प्यालेस्टाइनी राज्यलाई कूटनीतिक रूपमा मान्यता दिने मनसायलाई आवाज उठाएका छन् किनभने गाजामा कुपोषणको बारेमा अन्तर्राष्ट्रिय चासो र आलोचना बढेको छ ।

अस्ट्रेलियाले गाजामा जारी युद्ध अन्त्यका लागि आह्वान गरेको छ तर प्यालेस्टाइनी राज्यलाई मान्यता दिने निर्णय गर्न भने सकेको छैन । अस्ट्रेलियाले गत मङ्गलबार एक दर्जनभन्दा बढी अन्य राष्ट्रसँगको संयुक्त वक्तव्यमा प्यालेस्टाइन राज्यलाई दुई–राज्य समाधानको दिशामा एक आवश्यक कदमको रूपमा मान्यता दिने कुरा ‘सकारात्मक विचार’ भएको बताएको थियो ।

प्यालेस्टाइनसमर्थक भीडले भारी हावाहुरी र वर्षाको सामना गर्दै युद्धविराम गर्न ढिलो भइुकेको र स्वतन्त्र प्यालेस्टाइनको प्रत्याभूत गरिनुपर्नेमा जोड दिँदै नारा लगाउँदै पुल पार गरेका थिए । न्यु साउथ वेल्स प्रहरीले सुरक्षालाई मध्यनजर राख्दै सिड्नीमा सयौँ थप कर्मचारी परिचालन गरेको जनाएको छ ।

न्यू साउथ वेल्सका वामपन्थी ग्रिन्स पार्टीका सिनेटर मेहरीन फारुकीले मध्य सिड्नीको ल्याङ पार्कमा भेला भएका भीडलाई सम्बोधन गर्दै प्रदर्शनले ‘इतिहास रच्ने’ बताउनुभएको थियो ।

उनले इजरायलमाथि कडाभन्दा कडा प्रतिबन्ध लगाउन आह्वान गर्दै इजरायली सेनाले गाजावासीलाई ‘नरसंहार’ गरेको आरोप लगाएकी थिइन् भने न्यू साउथ वेल्सका प्रधानमन्त्री क्रिस मिन्सले विरोध प्रदर्शन अघि बढाउन नहुने बताएकामा आलोचना गर्नुभएको थियो ।

सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी लडाकू समूह हमासले गरेको आक्रमणपछि गाजा युद्ध सुरु भएयता मारिएका हजारौँ प्यालेस्टाइनी बालबालिकाको नाम उल्लेख गरिएको ब्यानर बोकेका दर्जनौं प्रदर्शनकारीले प्रदर्शन गरेका थिए ।

लेबर पार्टीका सांसद एड हुसिकले प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको आफ्नो सत्तारुढ दललाई प्यालेस्टिनी राज्यलाई मान्यता दिन आह्वान गरेका थिए । असान्ज प्रदर्शनमा उपस्थित भएपनि भीडलाई सम्बोधन गर्ने वा मिडियासँग कुरा गर्ने कुराबाट टाढै रहे । 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ६० हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान जाने गरी भएको रक्तपात अन्त्य गर्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ । हमासले सन् २०२३ मा गरेको आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा आधारित तथ्याङ्कले देखाएको छ ।

आक्रमणका क्रममा बन्धक बनाइएका २५१ मध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ । सन् १९३२ मा बनाइएको हार्बर ब्रिज एक किलोमिटरभन्दा लामो छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending