तनहुँ । नेवाः तजिलजी पुच व्यास नगर समितिले नयाँ पुस्तालाई नेवार संस्कृतिका विविध पक्षबारे साक्षात्कार गराएको छ । नेवार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि समितिले नयाँ पुस्तालाई नेवार समुदायसँग सम्बन्धित विभिन्न संस्कृतिबारे जानकार गराएको हो ।
समितिले नयाँ पुस्ताका केही व्यक्तिलाई तीन महिनासम्म नेवार समुदायको धिमे बाजा, परम्परागत सङ्गीत, नृत्य सिकाएको समितिका अध्यक्ष सन्देशनारायण श्रेष्ठले जानकारी दिए ।
नयाँ पुस्ताले नेवार संस्कृति बिर्सदै गएकाले यसको संरक्षणका लागि तीन महिनासम्म प्रशिक्षण सञ्चालन गरिएको उनले बताए । उनले भने- ‘नेवार समुदायको संस्कृति संरक्षण गर्नुपर्छ भनेर लागिपरेका हौँ । व्यास नगरपालिकाभित्रका ४० जना युवा युवतीलाई तीन महिनासम्म विभिन्न सीप सिकाएका छौँ ।’
सहभागीलाई तजिलजी नाच, धिमे बाजा, लाखे नाच, टाकटुके नाच, कुमारी नृत्य सिकाइएको छ । ‘पुरानो पुस्ताले अहिलेसम्म संस्कृति संरक्षण गर्दै आउनुभएको छ, अब हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘भाषा, संस्कृति बिर्सन हुँदैन । पुरानो पुस्ताबाट अहिलेको पुस्तामा सीप हस्तान्तरण गर्ने प्रयास गरेका छौ ।’
उनीहरुलाई सुदीप श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको अन्तिम दिन शनिबार सहभागीहरुले नेवार सांस्कृतिक सम्पदा प्रदर्शन गरेका थिए । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नेवार समुदायको संस्कृति र परम्पराले हिन्दु धर्मको संरक्षण गरेको बताए । नेवार समुदायको मौलिक संस्कृति संरक्षणका लागि व्यास नगरपालिका सधैं तयार रहेको उनको भनाइ थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका पूर्वअध्यक्ष शङ्करनारायण श्रेष्ठले नेवार समुदायको धर्म, संस्कृति र परम्पराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएकाले अहिलेका पुस्तालाई संस्कृति हस्तान्तरण गरिनु सकारात्मक रहेको बताए । नेपालको चिनारी नै नेवारी भाषाबाट भएकाले सरकारले नेवार संस्कृतिको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: