पाेखरा । मजदुरी गरेर जीवन चलाउने उद्देश्यले साउन ११ गते पोखरा आइपुगेको हायू परिवार सोमबार सिन्धुली फर्किएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठको पहलमा उर्मिला हायूको १९ सदस्यीय परिवार दिउँसो साढे ३ बजे गाउँ फर्किएको हो । साउन ९ गते राति घरका सम्पूर्ण सामान र पशुहरू छाडी सम्पर्कविहीन बनेको हायू परिवार साउन ११ गते पोखरामा फेला परेको थियो ।
सोमबार बिहान पोखरा आइपुगेका वडाध्यक्ष श्रेष्ठ स्वयंले ती परिवारलाई लिएर गाउँ फर्कएका हुन् । उनले परिवारलाई अस्थायी रूपमा आफ्नै घरमा राख्ने निर्णय गरेका छन् ।
“उहाँहरू आफ्नो घरमा जान मान्नु भएको छैन । अहिले मेरो घरमा राख्छु, पछि स्थायी आवासको व्यवस्था मिलाइदिन्छौं,” वडाध्यक्ष श्रेष्ठले भने । अब हायू परिवार बिखर कटेरीस्थित आफ्नो एकलासे घर नफर्की वडाध्यक्ष श्रेष्ठको सुङ्गुरेमा रहेको घरमा बस्नेछ ।
तीन वर्षअघि श्रीमानको आकस्मिक निधनपछि परिवारको जिम्मेवारी सम्हालिरहेकी उर्मिला हायूले अन्तिमसम्म आफ्नै पुरानो घरमा नफर्किने अडान राखेकी थिइन् । जनप्रतिनिधिहरूले सुरक्षित आवासको व्यवस्था र लागेको ऋण तिर्ने प्रतिबद्धता जनाएपछि मात्र उनी गाउँ फर्किन तयार भएकी हुन् ।
यसअघि बुधबार बिहान हायू परिवारलाई सम्झाएर फर्काउन पोखरा आएको टोली सफल हुन सकेको थिएन । परिवारका सदस्यहरू बारम्बार बिरामी पर्न थालेपछि घर छाडेको उर्मिलाले बताएकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: