जेरुसेलम । गुप्तचर निकायका पूर्व प्रमुखसहित सयौं सेवानिवृत्त इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाजामा युद्ध अन्त्य गर्न सरकारलाई दबाबसहित सहयोग गर्न आग्रह गरेका छन् ।
हमासले अब इजरायलका लागि रणनीतिक खतरा पैदा गर्दैन भन्ने व्यावसायिक निर्णय गरेको पूर्व अधिकारीहरूले सोमबार मिडियामा पेस गरेको खुला पत्रमा लेखेका छन् ।
“सुरुमा युद्ध न्यायपूर्ण रक्षात्मक युद्ध भएपनि हाल युद्ध न्याय विपरित भएको शिन बेट सुरक्षा सेवाका पूर्व निर्देशक अमी अयालोनले बताएको छ ।
प्यालिस्टिनी लडाकूसमूहसँगको लडाइमा इजरायलले आफ्नो सुरक्षा र पहिचान गुमाइरहेको अयालोनले पत्रको साथमा जारी गरिएको भिडियोमा बताएको छ ।
शिन बेट र मोसाद जासुसी एजेन्सीका पूर्व प्रमुखसहित ५५० जनाले हस्ताक्षर गरेको पत्रमा ट्रम्पलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि ‘नेतृत्व’ गर्न आह्वान गरिएको छ ।
प्यालेस्टिनी लडाकु समूह हमासले सन् २०२३ अक्टोबर ७,मा गरेको घातक आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा आफ्नो सैन्य कारबाही सुरु गरेको थियो । पछिल्लो समयमा इजरायली बन्धकहरूलाई गाजाबाट रिहा गर्न, संयुक्त राष्ट्रसङ्घका निकायहरूले मानवीय सहायता वितरण गर्न र युद्धविराममा सहमत हुन इजरायल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ ।
यद्यपि, नेतान्याहुको सरकारका मन्त्रीहरूसहित इजरायलका केही व्यक्तिहरूले इजरायली सेनालाई अगाडि बढ्न र गाजालाई पूर्ण वा आंशिक रूपमा कब्जा गर्न दबाब दिइरहेका छन् ।
उक्त पत्रमा मोसादका तीन पूर्व प्रमुखहरू तामिर पार्डो, एफ्राइम हालेवी र ड्यानी याटोमले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गर्नेमा थप शिन बेटका पाँच पूर्व प्रमुखहरू अयालोनका साथै नादाव अर्गमान, योराम कोहेन, याकोभ पेरी र कार्मी गिलोन र पूर्व प्रधानमन्त्री एहुद बाराक, पूर्व रक्षामन्त्री मोशे यालोन र डान हालुत्जसहित तीन पूर्व सैन्य प्रमुखहरू छन् ।
पत्रले इजरायली सेनाले बलपुर्वक हमासको सैन्य संरचना र शासनलाई ध्वस्त पार्ने उद्देश्यहरू प्राप्त गरेको जनाएको छ । सबैभन्दा महत्वपूर्ण र तेस्रो उदेश्य सबै बन्धकहरूलाई घर ल्याउने सम्झौताबाट प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।
पत्रमा पूर्व अधिकारीहरूले ट्रम्पलाई अधिकांश इजरायलीहरूसँग विश्वसनीयता रहेको र युद्ध अन्त्य गर्न र बन्धकलाई फिर्ता गर्न नेतान्याहुलाई दबाब दिन सक्ने बताएका छन् ।
हस्ताक्षरकर्ताहरूले ट्रम्पले हमास शासनको विकल्पको रूपमा गाजाको जिम्मा लिन सुधार गरिएको प्यालेस्टिनी प्राधिकरणलाई समर्थन गर्न क्षेत्रीय गठबन्धनलाई बाध्य पार्नसक्ने तर्क गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: