सर्लाही । सरकारले उखुको अनुदान रकम कटौती गरेपछि सर्लाहीका उखु किसानले मङ्गलबारबाट आन्दोलन सुरु गरेका छन् । किसानहरूले हरिवनस्थित पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
सर्लाहीका तीनवटै चिनी मिल—इन्दुशङ्कर (हरिवन), अन्नपूर्ण (धनकौल) र महालक्ष्मी (बगदह)—अगाडि किसानहरूले प्रदर्शन गरेका छन् । उनीहरूले २०६६ देखि प्रदान हुँदै आएको उखुको अनुदान रकमलाई निरन्तरता दिन, गत वर्षको बिक्री भएको उखुको प्रतिक्विन्टल ७० रुपियाँ अनुदान तत्काल भुक्तानी गर्न र उखुको मूल्य निर्धारणमा किसान, सरकार र चिनी उद्योगका प्रतिनिधिबीच वार्ता गराउन माग गरेका छन् ।
किसानहरूले गत वर्षको अनुदान ७० रुपियाँको सट्टा ३५ रुपियाँ मात्र दिने सरकारी चर्चा अस्वीकार्य भएको बताएका छन् । उखु किसान सङ्घर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीले साउन महिनाभित्र माग सम्बोधन नभए भदौ ८ गतेदेखि देशभरका किसान काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बस्ने चेतावनी दिएका छन् ।
उप्रेतीले अनुदान कटौती भए उखु खेती घट्ने र चिनी मिल बन्द हुने अवस्था आउन सक्ने बताए। किसानहरूले यसअघि प्रधानमन्त्री र कृषिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइसकेका छन् र साउनभित्र माग पूरा हुने अपेक्षा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: