Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पत्रकार महासंघको संस्थापक विषय टुंग्याउन छलफल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको संस्थापक विषय टुंग्याउन मंगलबार महासंघका पदाधिकारीसँग छलफल गरेको छ ।

महासंघको केन्द्रीय कार्यालयमा भएको छलफलमा फोनिजले महासंघको २७ औं महाधिवेशनको म्यान्डेटअनुसार त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता र इतिहास विभागसहितको विज्ञ समिति गठन गरी यो विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

महासंघका कार्यबाहक अध्यक्ष दिपक आचार्यले महाधिवेशनको म्यान्डेट र सबैको परामर्शअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए । उनले संस्थापक विषय गम्भीर भएकोले आवश्यक छलफल गरी निष्कर्षमा पुग्न महासंघ तयार रहेको बताए ।

महासंघका अध्यक्ष निर्मला शर्मा हाल विदेशमा रहेकाले उनले फर्किएपछि यो छलफलको जानकारी लिने र अघि बढ्ने बताइन् । उनले यो विषय फोनिजको मात्र नभई समग्र पत्रकारको साझा मुद्दा भएकोले सबै गम्भीर हुनुपर्ने धारणा राखिन् ।

फोनिजका सल्लाहकार संयोजक गजुरधन राईले महाधिवेशनको म्यान्डेटलाई महासंघले बेवास्ता गर्न नहुने भन्दै विज्ञ समिति गठन गरी छिटो काम अघि बढाउन सुझाए । सल्लाहकार खिम घलेले महासंघले यो विषयमा चासो नदेखाएकाले समस्या समाधान नभएको बताए । प्रेस सेन्टरका महासचिव मनोज घर्तीले पनि अध्ययन समिति गठनमा ढिलाइ नगर्न सुझाए ।
फोनिजका अध्यक्ष लक्की चौधरीले विज्ञ समितिको प्रतिवेदन सबैले स्वीकार गर्ने र संस्थापक विषय ७४ वर्षदेखि विवादमा रहनु दुखद् भएको बताए । 

उनले वि.सं. २००८ वैशाख ८ मा ‘नेपाल टुडे’ का सम्पादक सत्यनारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघ गठन भएको, तर महासंघले २०१२ चैत १६ मा पुनर्गठन भएको संघलाई मान्यता दिंदै आएको उल्लेख गरे । महासंघको २७ औं महाधिवेशनको घोषणापत्रले त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी तथ्य र प्रमाणका आधारमा यो विषय टुंग्याउन निर्देशन दिएको छ । 

छलफलमा महासंघका उपाध्यक्ष नितु पण्डित, उमिद बागचन्द, महासचिव रामप्रसाद दाहाल, प्रेस चौतारीका सन्दीप राई, फोनिजका महासचिव समिर बलामी लगायतले यो विषय छिटो टुंग्याउन जोड दिए । फोनिजले गत वैशाख २० मा विज्ञ समिति गठन गर्न तीन महिनाको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो । तर, तीन महिनापछि पनि प्रगति नभएको भन्दै फोनिजले पुनः छलफल गरेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: