पर्सा । वीरगन्ज भन्सार कार्यालय पर्साले बिलबिजकमा उल्लेखित परिमाणभन्दा कम देखाएर सामान पास गरेको घटना फेला परेको छ ।
१६ साउनमा १८८ थान डिप बोरिङ जडान मेसिनलाई एक थान मात्र देखाएर भन्सार पास गरिएको हो । आयातकर्ता, भन्सार एजेन्ट र भन्सार कर्मचारीको मिलेमतोमा यो अनियमितता भएको प्रज्ञापनपत्रमा उल्लेख छ ।
भन्सार अधिकृत लेखनाथ पोखरेलले पास गरेको उक्त गाडीलाई कर्मचारी नवीन लम्सालले सहजीकरण गरेका थिए । भारतको दिल्लीस्थित सचदेवा वियरिङ कर्पोरेसनबाट पिबी ११ बिआर ७९८६ नम्बरको गाडीमा सामान आयात भएको थियो ।
काठमाडौंको सिनामंगलस्थित भन्सार एजेन्ट भोजराज भट्टराईले पास गराएका थिए । स्रोतका अनुसार भन्सार अधिकृत पोखरेल, एजेन्ट भट्टराई र आयातकर्ता जयलाल साहको मिलेमतोमा परिमाण घटाएर पास गरिएको हो । विशेष सूचनाका आधारमा शुक्रबार राति वीरगन्जको पावरहाउस चोकस्थित कादम्बरी स्कूलको गल्लीमा सामान अनलोड गर्दैगर्दा प्रहरीले उक्त गाडी नियन्त्रणमा लियो । बिलमा १८८ थान उल्लेख भए पनि प्रज्ञापनपत्रमा एक थान मात्र देखाइएको थियो ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको टोलीले गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको थियो । वीरगन्ज भन्सारका प्रमुख प्रशासक दीपक लामिछानेले अनियमितताबारे जानकारी नभएको बताउँदै प्रज्ञापनपत्र हेरेपछि मात्र प्रतिक्रिया दिने उल्लेख गरे ।
प्रहरीले नियन्त्रणमा लिएको गाडी र सामान केही घण्टामै छाडिएको छ । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जाँचबुझमा बिलअनुसार सामान देखिएपछि गाडी छाडिएको हो । तर, स्रोतका अनुसार एक मन्त्रीको दबाबमा प्रहरीले गाडी र सामान तत्काल छाडेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: