काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रमुख साना तथा मध्यम राजनीतिक दलहरूको संयुक्त बैठक बस्यो ।
निर्वाचन आयोगले सुझाव माग्दै प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधान, ऐन र कानुनविपरीत रहेको भन्दै दलहरूले आपत्ति जनाएका छन् ।
अध्यक्ष प्रचण्डले कार्यविधि संविधान र कानुनको मर्मविपरीत रहेको बताउँदै साझा धारणा बनाउन बैठक आयोजना गरिएको जानकारी दिए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनका कांग्रेस र एमालेले आयोगलाई कार्यविधिमा अगाडि बढ्न सहमति दिएको सूचना प्राप्त भएको र यो साना दलहरूलाई नियन्त्रण गर्ने प्रयास भएको दाबी गरे ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यविधि राजनीतिक दलसम्बन्धी ऐन २०७३ सँग बाझिएको र प्रस्तावित समिति, संयोजक तथा अधिकारहरू संविधानविपरीत रहेको बताए । उनले दलका सफ्टवेयर र प्रयोगकर्ता विवरणमा आयोगको पहुँचले पार्टीहरूको स्वतन्त्रतामा हस्तक्षेप हुने उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले कार्यविधिको मनसाय गलत भएको भन्दै विरोध जनाए । राप्रपा नेपालका बुद्धिमान तामाङ, लोसपाकी रेखा यादव, जनमत पार्टीका डा. सीके राउत, आम जनता पार्टीका प्रभु साहलगायतले कार्यविधि संविधान, लोकतन्त्र र दलको स्वायत्तताविरुद्ध रहेको बताए । डा. राउतले आयोगले साना दलहरूको अभिलेख अपडेट नगरेको र साना दल हटाउने रणनीतिमा लागेको आरोप लगाए ।
बैठकमा माओवादी केन्द्र, नेकपा (एस), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दल सहभागी थिए । नागरिक उन्मुक्ति पार्टीले हिजोको बैठकमा कार्यविधिको विरोध गरेको र आज उपस्थित हुन नसकेको जनाएको छ ।
दलहरूले कार्यविधिको नाममा नियन्त्रणको उद्देश्य रहेको निष्कर्ष निकाल्दै आयोगसँग छलफल, प्रतिवाद र आवश्यक परे आन्दोलन गर्ने निर्णय गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: