Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण तीव्र

खबरडबली संवाददाता

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधका लागि हालसम्म ७३ हजार घनमिटर कङ्क्रिट निर्माण सम्पन्न भएको छ । 

कुल नौ लाख घनमिटर कङ्क्रिट आवश्यक पर्ने १४० मिटर अग्लो बाँधको निर्माण २०८१ चैत ७ देखि सुरु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । ‘प्याकेज–१’ अन्तर्गत व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ मा रहेको सेती नदीलाई ६२६.९२ मिटर लामो सुरुङमार्फत फर्काएर बाँध निर्माण अघि बढाइएको छ । हाल बाँधको फाउण्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू निर्माण भइसकेका छन् । उच्च बाँधको कङ्क्रिटको तापमान नियन्त्रणलाई विशेष ध्यान दिइएको भण्डारीले बताए ।

जग खन्ने काम २०८० कात्तिक २० देखि सुरु भई २०८१ असारमा सम्पन्न भएको थियो । बाँध निर्माणस्थलबाट नदीको पानी तल्लो तटीय क्षेत्र हुँदै पुनः सेती नदीमा खसालिएको छ । प्याकेज–१ को हालसम्म ४३.५% प्रगति भएको छ ।
‘प्याकेज–२’ अन्तर्गत भूमिगत विद्युत्गृहको संरचनागत कार्य सम्पन्न भई उपकरण जडान भइरहेको छ भने ‘प्याकेज–३’ अन्तर्गत प्रसारणलाइन निर्माणमा ७४% प्रगति भएको छ ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ, जसमा एसियाली विकास बैंक (१५ करोड), जापान अन्तरराष्ट्रिय सहयोग नियोग (१८.४ करोड), युरोपियन लगानी बैंक (८.५ करोड) र नेपाल विद्युत् प्राधिकरण (८.६ करोड) को योगदान रहनेछ । आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending