Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

तनहुँमा विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

खबरडबली संवाददाता

तनहुँ । विश्व बैंकको अनुदानमा तनहुँका व्यास र शुक्लागण्डकी नगरपालिकामा सञ्चालित दुई सडक स्तरोन्नति आयोजनामा ढिलाइ भएको छ । 

सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सञ्चालित यी आयोजनाको निर्माण कार्यमा अपेक्षित प्रगति हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको थियो । 

व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ सडकखण्डको स्तरोन्नति भइरहेको छ । दुवै सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्ने सम्झौता भएको छ । व्यास नगरपालिकाका वडा नं ७, ९, १० र ११ लाई जोड्ने चक्रपथको रूपमा रहेको पराशर मार्गको १०.५५ किलोमिटर खण्ड कालोपत्र गर्ने कार्य भइरहेको छ । 

यो सडकखण्ड बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती हुँदै जोडिन्छ । हालसम्म यस आयोजनाको भौतिक प्रगति १८.२९ प्रतिशत मात्र रहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तोकिएको समयसीमा (पुस २०८२) भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए । 

आयोजना विसं २०८२ असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा प्रगति सुस्त भएपछि छ महिना म्याद थप गरिएको नगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर डा. राजु पौडेलले जानकारी दिए । यो सडक स्तरोन्नतिका लागि बिकेएचटिडिसीएल एसिपिएल जेभी कालीमाटीसँग रु. ४० करोड ८३ लाख ३५ हजार ९२१ मा ठेक्का सम्झौता भएको थियो ।

शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा–लामागाउँ सडकखण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ । ७.१ किलोमिटर लामो यो सडकखण्ड कालोपत्रका लागि विसं २०८० चैत २५ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । ठेक्का रकम रु. २७ करोड ३४ लाख ७९ हजार ८३४ रहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए । 

अबको ६१ दिनमा काम सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । यो सडकखण्ड शुक्लागण्डकी–४ दुलेगौडाबाट सुरु भई वडा नं ८, ९ र १२ लाई जोड्छ । बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: