बागलुङ । वैदेशिक रोजगारीमा गएर ठगिएका, अङ्गभङ्ग भएका र मृत्यु भएकाहरूका परिवारलाई आप्रवासी स्रोत केन्द्र बागलुङले राहत र क्षतिपूर्ति दिलाउन सक्रिय भूमिका निर्वाह गरेको छ ।
काठेखोला गाउँपालिका–७, रेशका चेतबहादुर थापाको २०७२ मा साउदीमा मृत्यु भएको थियो । दश वर्षसम्म कुनै राहत नपाएको उनको परिवारले केन्द्रको पहलमा अन्ततः राहत रकम प्राप्त गर्यो । साउदी सरकारले व्यक्तिगत विवरण पत्ता लगाउन नसक्दा भएको समस्यालाई केन्द्रले समन्वय गरी समाधान गरेको हो ।
केन्द्रका सूचना तथा परामर्शकर्ता गङ्गा शर्माका अनुसार, गत एक वर्षमा वैदेशिक रोजगारीसँग सम्बन्धित १२८ उजुरी दर्ता भएकामा ५८ वटा समाधान भए । जसमध्ये ७२ ठगीका उजुरीमा २२ वटाको समाधान गरी ५५ लाख १५ हजार रुपैयाँ फिर्ता गराइयो । सम्पर्कविहीन, कागजातविहीन र विदेशमा जेल परेका २५ उजुरीमध्ये १३ वटा समाधान भए ।
यस्तै, विदेशमा मृत्यु भएका १० जनाको शव ल्याउने र राहत रकम उपलब्ध गराउने काम भएको छ । मृत्यु र अङ्गभङ्गका १६ उजुरीमध्ये १३ वटाको समाधान गरी परिवारलाई ६७ लाख ६ हजार रुपैयाँ राहत प्रदान गरिएको शर्माले बताए ।
केन्द्रका प्रमुख मीन उपाध्यायले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ठगी, अङ्गभङ्ग, मृत्यु र जेल पर्ने घटनाहरू बढेको बताए । काम, तलब, कम्पनी फरक परेका र पासपोर्ट जफतजस्ता १५ उजुरीमध्ये १० वटाको समाधान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा कन्सुलर सेवा विभागमार्फत प्राप्त २१ लाख ३० हजार २५४ रुपैयाँ पीडितहरूलाई वितरण गरिएको उपाध्यायले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: