हुम्ला। यस पटकको जनै (साउने) पूर्णिमाको अवसरमा सधैँ गाउँदै आएको देउडा राति एघार बजेपछि गाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार सो कार्यालयमा बसेको सर्वपक्षीय बैठकले शान्ती सुरक्षाको कारण देखाउँदै रातभरि देउडा गाउन नपाउने निर्णय गरिएको हो ।
रातभर देउडा गीत गाउँदा शान्ति पुरक्षामा खलल पुग्न सक्ने भन्दै यस पटकको साउने पूर्णिमाको छ दिन राति एघार बजेपछि देउडा गाउन नपाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले बताउनुभयो ।
होहल्ला हुने सम्भावना देखिएको कारण सर्वपक्षीय वैठकले सो निर्णय गरेको हो । संस्कृति संरक्षण पनि गर्नुपर्ने र शान्ति सुरक्षा पनि कायम गर्न यो निर्णय गरिएको हो । साउने पुर्णिमाको चर्तुदशी र पूर्णिमाको दिन दिउसो धामी नाच्ने, पूजापाठ गर्ने र राति देउडा गाउने गरिन्छ ।
यसअघि यी दुई दिन रातभर देउडा गाउने गरिन्थ्यो । तर झै झगडा, चोरी लगाएतका कार्य हुने सम्भावना देखिएपछि राति एघार बजेपछि देउडा गीत गाउन नपाउने निर्णय गरिएको हो । त्यसैगरी पूर्णिमाका पछिल्लो दिनदेखि पञ्चमीसम्मको पाँच दिन पनि दिनभर देउडा गाउने गरिन्छ । यी दिनमा पनि राति एघार बजेपछि देउडा गाउन नपाइने भएको छ ।
सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, राजनीतिक दलहरू, वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: