भक्तपुर । जनैपूर्णिमाको दिन भक्तपुरका नेवार किसानहरू खेतमा भ्यागुतालाई भात खुवाउन व्यस्त हुन्छन् । गोलाकार काटिएको मूलाको चाना सिन्काले घोचेर भातमा अड्याइन्छ ।
छरिता रोटी, क्वाँटीसहित विभिन्न तरकारी र खानेकुरा ठूलो पातमा राखिन्छ । नाङ्लो वा किस्तीमा राखिएको पातमा रक्षाबन्धनको धागो, सिन्दूर र धूप बालेर किसानहरू खेततिर लाग्छन् ।
खेतको आलीमा बसेर भ्यागुतालाई पाहुनाका रूपमा डाकिन्छ । परिकार राखेर रक्षाबन्धनको धागो र सिन्दूर छाडिन्छ । भातमा गाडिएको मूलाको चाना ऐनाको रूपमा देखाइन्छ । भ्यागुता आएर परिकार खान्छ भन्ने विश्वास किसानहरूको छ ।
यो परम्परा बाहिरकालाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि यो सयौँ वर्षदेखिको अभ्यास हो । संस्कृतिकर्मी प्रकाश धौभडेलका अनुसार, प्रकृतिपूजक किसानहरू भ्यागुतालाई प्रकृतिको देवताका रूपमा पूजा गर्छन् । भ्यागुताले कीटाणु खाएर र मल फिजाएर बालीनाली संरक्षण गर्छ भन्ने मान्यता छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भ्यागुतालाई किसानको सहयोगीका रूपमा सम्मान गरिने बताउँछन् । खेतमा काम गर्दा किराफट्याङ्ग्रा मारिन्छ, जसका लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाइन्छ । धौभडेलका अनुसार, वैदिक कालमा गुरु–शिष्य परम्पराको सुरुवात भ्यागुताबाटै भएको मानिन्छ । ऋग्वेदको ‘मन्धुक रिचा’मा यसको उल्लेख छ ।
नेपाल भाषामा यो परम्परालाई ‘ब्यां चा जानका वानेगू’ भनिन्छ, जसको अर्थ ‘भ्यागुतालाई खाना खान जाने’ हो । यो परम्पराले प्रकृतिप्रतिको सम्मान र शैक्षिक प्रेरणालाई जीवित राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: