काठमाडाैं । प्रेससम्बद्ध पाँच संगठनले अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् ।
यो माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी प्रेस संगठन र प्रेस नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यो व्यवस्थालाई प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण र सङ्घीयताको मर्मविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।
विज्ञप्ति जारी गर्नुअघि प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालयमा संयुक्त छलफल भएको थियो । “सूचना तथा प्रसारण विभाग र प्रदेश कानुनअनुसार हुँदै आएको अनलाइन सञ्चारमाध्यमको दर्तालाई जिल्ला प्रशासनमा लैजानु सङ्घीयताको मूल मर्म र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,” विज्ञप्तिमा भनिएको छ ।
सरकारले हालै संसदबाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’ मार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधन गरी अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासनमा दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । संगठनहरूले सञ्चारमाध्यमलाई व्यवस्थित गर्न छाता ऐन बनाउनुपर्ने र दर्ता तथा नवीकरण प्रक्रियालाई सरल बनाउनुपर्ने माग गरेका छन् ।
यस्तै, प्रतिनिधिसभाको समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानलाई सरकार नियन्त्रित र प्रेस स्वतन्त्रताविरोधी भन्दै संशोधन गर्न माग गरिएको छ । “यो विधेयकले पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन गरेको छ,” विज्ञप्तिमा उल्लेख छ । संगठनहरूले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, संविधान, राष्ट्रिय आमसञ्चार नीति २०७३ र सरोकारवालासँगको सहमतिका आधारमा स्वतन्त्र र सक्षम मिडिया काउन्सिल स्थापना गर्नुपर्ने बताएका छन् ।
वर्तमान सरकारले प्रेस स्वतन्त्रताविरोधी कदम चालेको भन्दै संगठनहरूले सञ्चारसम्बन्धी नीति र कानुन बनाउँदा पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने माग गरेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूको घोषणा छ ।
विज्ञप्तिमा प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले हस्ताक्षर गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: