Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ

खबरडबली संवाददाता

रुकुम पश्चिम । जिल्लाका छवटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो ।

जिल्लाका चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपालिका तथा सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा धानखेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । यो वर्ष समयमा वर्षा हुनुका साथै मौसमले साथ दिएकाले समयमै रोपाइँ सकिएको कार्यालयका प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्लामा तीन हजार ४८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

यहाँ खुमल–४ र ६, राधा–४ सहित अन्य हाइब्रिड जातका धानखेती हुँदै आएको कार्यालय प्रमुख बस्नेतले बताए । यो वर्ष धानखेती हुने सबै खेतीयोग्य जग्गामा रोपाइँ गरिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा बढी उत्पादन हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

सबै बाँझो जग्गामा धानखेती हुने हो भने खेतीयोग्य क्षेत्रफलसहित उत्पादनमासमेत वृद्धि हुने बस्नेतको भनाइ छ । खेतीयोग्य सबै क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेकाले सिँचाइ सुविधा विस्तार भएमा उत्पादन पनि बढ्ने उनले बताए ।

धान उत्पादनलाई बढाउन चैते धानखेतीमा जोड दिइएको बताउँदै योजनाअनुसार विस्तार गर्न नसकिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । जिल्लामा गत वर्ष १२ हजार ९५५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष समयमै वर्षात् हुनुका साथै धानखेतीमा किरा नदेखिएकाले गत वर्षभन्दा १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको उनले उल्लेख गरे ।

उत्पादन भएकोमध्ये केही चौरजहारी र आठबिसकोट नगरपालिकाबाट जिल्ला बाहिर बिक्री गरिँदै आइएको कृषि विकास कार्यालयले जनाएको छ । धानसहित खाद्यन्नमा रुकुमपश्चिम आत्मनिर्भर नरहेको कार्यालय प्रमुख बस्नेतले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending