न्यूयोर्क । गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपाय युद्धविराम भएको राष्ट्रसङ्घीय राजनीतिक र शान्ति निर्माण मामिला विभाग युरोपका लागि सहायक महासचिव मिरोस्लाभ जेनोचाले बताएका छन् ।
गाजा क्षेत्रको सम्बन्धमा इजरायली सरकारको हालैको निर्णयले इजरायल र प्यालेस्टिनी क्षेत्रभन्दा बाहिर पनि द्वन्द्वको भयानक डर पैदा गर्ने खतरा रहेको विषयमा उनले जोड दिएका छन् । मध्यपूर्वको स्थिति सम्बन्धमा भएको सुरक्षा परिषद्को आपतकालीन बैठकमा उनले गाजाको मानवीय पीडा अन्त्य गर्ने एक मात्र उपाय तत्काल पूर्ण र स्थायी युद्धविराम गर्नु भएको भन्दै बन्धकहरूको बिना शर्त तत्काल र रिहाइको लागि आह्वान गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीले इजरायललाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्ना दायित्वहरूको पालना गरी निर्बाध रूपमा आवश्यक मानवीय सहायता वितरण गर्न अनुमति दिन आह्वान गरेका छन् । उनले सहायता खोजिरहेका मानवीय कार्यकर्ताहरूसहित नागरिकहरूको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिएका छन् ।
गाजामा द्वन्द्वको समाधान इजरायलको गैरकानुनी कब्जाको अन्त्य र व्यवहारिक समाधान बिना कुनै दिगो समाधान नहुने भन्दै गाजा प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली सरकारद्वारा गाजाको नियन्त्रण गर्ने निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले यो निर्णयले विनास बढाई लाखौँ प्यालेस्टिनी र बन्धकहरूको जीवनलाई जोखिममा पार्ने बताएका छन् । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर तुर्कले इजरायली सरकारलाई कब्जा गरिएको गाजा पट्टीमा नियन्त्रण गर्ने योजना रोक्न आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: