Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

जलवायु प्रभावित मुलुकबिच साझा धारणा बनाउन हिन्दूकुश हिमालय संसदीय बैठक

खबरडबली संवाददाता

काठमाडौँ ।  नेपालले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) क्षेत्रअन्तर्गत पर्ने मुलुकहरूका सांसदबिच साझा धारणा, संवाद र समन्वयका लागि ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आयोजना गर्दैछ ।

सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजना तथा इसिमोडको प्राविधिक सहयोगमा आगामी भदौ २ र ३ गते सो हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानसँग जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा बैठक हुन लागेको हो । यस क्षेत्रका मुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नवीन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको समितिका सभापति कुसुमदेवी थापाले जानकारी दिइन्  ।

समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति थापाले हिन्दूकुश हिमालय क्षेत्रमा रहेका देशहरूका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा सदस्यहरूसँग जलवायु परिवर्तन, वायु प्रदूषण र वातावरणका विषयमा बैठक आयोजना गर्न लागिएको बताइन् । वन तथा वातावरण, परराष्ट्र मन्त्रालयसँगको आवश्यक समन्वय र राष्ट्रपतिको प्रमुख आतिथ्यता तथा सभामुखको विशिष्ट आतिथ्यतामा बैठक आयोजना हुनेछ । 

सभापति थापाले विश्व समुदायले भोग्नुपरेका जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण जस्ता समस्या समाधानको खोजी गर्ने उद्देश्यले हिन्दूकुश राष्ट्रका सांसदहरूलाई एउटै मञ्चमा राखेर छलफल गर्नु यस बैठकको प्रमुख उद्देश्य रहेको उल्लेख गरिन् । राजनीतिक र संसदीय नेतृत्वलाई एकै ठाउँमा राखेर छलफल गर्दा प्राप्त हुने निष्कर्षलाई भावी दिनमा सम्बन्धित देशका जलवायु नीति तर्जुमा तथा जलवायु अनुकूलन, कार्बन उत्सर्जन न्यूनीकरण, क्षेत्रीय रणनीति तयार पारी कार्यक्रम तर्जुमा गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उनको भनाइ छ ।

बैठक आयोजना गर्ने सम्बन्धमा समितिका सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा प्राविधिक समिति गठन गरी समितिमा समितिका सदस्य, वन तथा वातावरण, परराष्ट्र मन्त्रालय, योजना आयोगका सदस्य तथा विषय विज्ञहरूले कार्य सम्पादन गरिरहेका छन् । समिति सदस्य एवं प्राविधिक समितिका संयोजक बलायरले समितिले सभामुखसँग परामर्श गरी गर्न लागेको बैठक काठमाडौँको सोल्टी होटलमा हुने जानकारी दिए ।

हिन्दूकुश हिमालय क्षेत्रले जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषणको प्रभावसँगै तीव्र सामाजिक–आर्थिक परिवर्तनबाट विभिन्न सङ्कटको सामना गरिरहेको छ । यसले गर्दा पारिस्थितिक प्रणाली, प्राकृतिक स्रोत, जीविकोपार्जन र मानव जीवनमा गम्भीर प्रभाव पारिरहेको छ ।

यसै पृष्ठभूमिलाई हृदयगङ्म गर्दै आयोजना हुन लागेको बैठकको मुख्य उद्देश्य यस क्षेत्रमा पर्ने मुलुकहरूका संसदबिच साझा धारणा, संवाद र समन्वय गरी नीति तथा कानुन निर्माण तथा दिगो विकासमा ज्ञान, सीप र नवीन धारणालाई आदानप्रदान गर्ने रहेको संयोजक बलायरले बताए । ज्वलन्त पर्वतीय मुद्दालाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी मञ्चमा साझा दृष्टिकोण, सक्रिय सहभागिता र समुचित रूपमा उठाउने बैठकको सङ्कल्प छ ।

बैठकमार्फत यस क्षेत्रका संसदीय सदस्यहरू, सरकारबाट प्रतिनिधित्व गर्नुहुने विशिष्ट पाहुना, नीति निर्माता, कूटनीतिज्ञ, सरोकारवाला विज्ञ र युवाका नवीनतम ज्ञान, समसामयिक जानकारी, प्रभावकारी नीति र उत्कृष्ट संसदीय अभ्यासको बारेमा अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर हुनेछ । ज्ञान, अनुभव, विचार र उत्कृष्ट अभ्यास आदानप्रदान गरेर क्षेत्रीय सहयोगमार्फत साझा चुनौतीलाई सम्बोधन गर्ने तरिका र माध्यमको पहिचान हुने संयोजक बलायरले जानकारी दिए ।

बैठकमा जलवायु परिवर्तन, जैविक विविधताको क्षति र वायु प्रदूषणसँग सम्बन्धित प्रमुख समस्याका साथै साझा चुनौती र अवसरको बारेमा संसदीय अभ्यास तथा बुझाइलाई नवीन ढङ्गबाट अभिवृद्धि गर्ने प्रयत्न हुने बैठकको तयारीका लागि परराष्ट्र मन्त्रालयबाट खटिएका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले बताए । भावी पुस्ताको दिगो भविष्य सुनिश्चित गर्न विभिन्न वातावरणीय र सामाजिक–आर्थिक चुनौती तथा आवश्यकता, सम्भावना र अवसर मिहिन रूपमा पहिचान तथा छलफल गरी सामूहिक रूपमा सम्बोधन गर्ने सम्मेलनले मुख्य ध्येय राखेको उनले बताए ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्शोले जलवायु परिवर्तनको असर मुलुक सिमापार हुने भएकाले यसको समाधानमा अन्तर्देशीय समन्वय र सहकार्य आवश्यक रहेको बताए । यस क्षेत्रका मुलुकबिच संसदीय काम कारबाहीमा समन्वय तथा सहकार्यका लागि यो बैठक सुरुवात भएको उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending