काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यसअघि नेपालबाट ८१०।९ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो । अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ ।
बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ ।
अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ । लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ ।
गत आर्थिक वर्ष ०८१र८२ मा नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: