Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

खबरडबली संवाददाता

काठमाडौं । भारत सरकारले नेपालबाट थप  २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यसअघि नेपालबाट ८१०।९ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो । अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ ।

बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ  ।

अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ । लिखु–२, लिखु खोला ए , लोअर सोलु,  ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ ।

गत आर्थिक वर्ष ०८१र८२ मा  नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै वर्षमानको प्रश्न : गल्ती स्वीकारेपछि पदमा किन ?

काठमाडौं । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्द...

प्रतिनिधि सभा बैठक २९ जेठ, २०८३ LIVE

150

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...

फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै रातो कार्डको वर्षा

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी  ।  रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।  मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...

बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...

शरणार्थी ठगी प्रकरणमा नयाँ मोड, ओली–बादललाई अदालतमा झिकाउन निवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...

अध्ययन भिसा सिफारिसमा अनियमितताको आशंका, छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्र

काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...

विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...

संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प

संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending