Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने  सांसदले अख्तियारसँग सम्बन्धित विधेयक, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, कारागार र कैदीको अवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सो अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले राष्ट्रियसभाबाट पारित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ कहाँ छ भन्ने प्रश्न गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा आएको विधेयक यथासक्य चाँडो पारित गर्नुपर्ने धारणा व्यक्त गरे । 

नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सदनमा आफूले उठाएका विषयवस्तुमाथि सरकारको ध्यान नगएको भनी दुःख व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा सरकारको ध्यानाकर्षण गराए । 

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशभरका कारागारको वस्तुस्थितिको अध्ययन गरी सुधारका निम्ति तत्काल कदम चाल्न सरकारसँग अनुरोध गरे । 

नेकपा (एमाले) की सांसद अस्माकुमारी चौधरीले कारागारमा कैदीबन्दीबीच झपड भई ज्यान जानेसम्मका घटना हुनु चिन्ताको विषय भएकाले त्यसतर्फ गम्भीर हुन गृहमन्त्रालयको ध्यानाकर्षण गरिन । 

एमाले सांसद ईश्वरबहादुर रिजालले सदन बहिष्कार नभई बहसको थलो भएको उल्लेख गर्दै बहिष्कार गर्ने सांसदले जनताको आवाज दबाउने काम गरिरहेको टिप्पणी गरे । एमाले सांसद ईश्वरी घर्तीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजामा त्रुटि हुँदा  विद्यार्थी र अभिभावकले समेत मानसिक तनाव व्यहोर्नुपर्ने भएकाले परीक्षाको प्रणालीमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरिन । 

माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले यही साउन १२ गते हुम्लाको लिमी गाउँमा पुनः हिमपहिरो जाँदा सिङ्गो गाउँ नै जोखिममा परेको जानकारी दिँदै सो क्षेत्रका प्रभावित जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग अनुरोध गरे । 

सांसद कालुराम राई, उर्मिला थेवे, कान्तिका सेजुवाल, गङ्गा कार्की, डा चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ ल्यामु लामा तामाङ, जावेदा खातुन जागा, जुलीकुमारी महतो महासेठलगायतले आमजनताको दैनिकीसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: