Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कारागार सुधारमा सरकारलाई मानव अधिकार आयोगको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागारहरू मानव अधिकारमैत्री नभएको निष्कर्ष निकाल्दै तत्काल सुधारका लागि सरकारलाई निर्देशन दिएको छ।

आयोगले कारागार व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र बजेटको व्यवस्था गर्न, रुपन्देही र कैलालीसहित सबै कारागारको क्षमता अभिवृद्धि गर्न, कैदीबन्दी स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन, भिडन्त रोक्ने रणनीति तय गर्न र सुरक्षा व्यवस्था चुस्त पार्न आग्रह गरेको हो। साथै, कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने, प्रशासनिक क्रियाकलाप पारदर्शी बनाउन र कैदीबन्दीप्रति मानवोचित व्यवहार सुनिश्चित गर्न पनि निर्देशन दिएको छ ।

हालै कैलाली कारागारमा भएको हिंसात्मक भिडन्त र रुपन्देही कारागारको अवस्थाबारे आयोगले अनुगमन गरेको छ। आयोगका सदस्य डा. लिली थापा नेतृत्वको टोलीले रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत कैदीबन्दीसँग भेटघाट गरी भौतिक अवस्था र व्यवस्थापनको समीक्षा गरेको हो।

अनुगमनमा लामिछानेको कोठाको झ्याल प्लाइले बन्द गरिएको, हावा प्रवेश नहुने, बाहिर हिँडडुल गर्न नदिइएको, खुला ट्वाइलेट भएको, स्वास्थ्य दृष्टिले अनुपयुक्त कोठामा राखिएको र अदालतको आदेश भए पनि स्थानान्तरण नगरिएको पाइएको छ। त्यस्तै, कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, ज्येष्ठ नागरिक र बिरामीका लागि छुट्टै स्थानको अभाव, पत्रपत्रिका र शिक्षा सुविधाको कमी, सामाजिक सुरक्षा भत्ता नपाउने समस्या, सर्प प्रवेश, र बजेट अभाव देखिएको आयोगको भनाइ छ।

कैलाली कारागारबारे आयोगको सुदूरपश्चिम कार्यालयले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। आयोगका अनुसार त्यहाँ पनि क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षा कमजोरी, प्रविधियुक्त चेकजाँचको अभाव, सुरक्षाकर्मीको न्यून संख्या र स्थानान्तरण प्रक्रिया अपारदर्शी हुँदा झगडा दोहोरिने अवस्था देखिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending