Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

चितवनमा कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

खबरडबली संवाददाता

चितवन । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनाको अध्ययनपछि यस रोगको पुष्टि गरेको छ ।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहित विभिन्न जिल्लाका कुखुरामा यो रोग देखिएको हो । एलाइजा प्रविधिबाट गरिएको परीक्षणमा ९२ नमूनामध्ये ३३ प्रतिशत अर्थात् ३१ नमूनामा भाइरस पुष्टि भएको छ ।

डा. श्रेष्ठका अनुसार, ‘यस रोगले कुखुराको रोगसँग लड्ने क्षमता कम गरी अन्य रोगहरूको संक्रमण बढाउँछ । यद्यपि प्रत्यक्ष रूपमा देखिने लक्षण कम भए तापनि उत्पादनमा कमी आउँदा आर्थिक नोक्सानी हुनसक्छ ।’

रगतको कमी, तौल नबढ्नु, उत्पादन घट्नु जस्ता लक्षणहरू रोगग्रस्त कुखुरामा देखिन्छन् । कुखुराहरू सामान्य रूपमा चारा खान र हिँडडुल गर्न सक्छन्, तर यस रोगको दीर्घकालीन प्रभावलाई बेवास्ता गर्नु नहुने बताइएकाे छ । 

नेपालमा यो रोग दुई वर्षअघि काठमाडौँमा पहिलोपटक देखिएको थियो । कुखुरालाई यसबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन आवश्यक रहेको डा. श्रेष्ठले बताए । विशेषगरी ब्रोइलर र लेयरको माउ तथा चल्लामा यो खोप दिनुपर्ने जानकारी उनले दिए । 

चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूनाहरू राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण हुँदै आएका छन् । गत आर्थिक वर्षमा दुई हजार पाँचसय किसानका सात हजार कुखुराको परीक्षण गरिएको थियो । ती परीक्षणमा ‘लो प्याथोजेनिक एभिएन इन्फ्लुएन्जा (एच–नाइन)’ ४८, रानीखेत १३, गम्बारो १२२ र आइबी (इन्फ्लुएन्जा ब्रोंकाइटिस) दुई कुखुरामा देखिएको डा. श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी, एक हजार १२० कुखुराको कलेजो परीक्षणमा इकोलाई ७८५ र साल्मोनेला ११२ कुखुरामा भेटिएको छ । यी संक्रमणहरू प्रायः जैविक सुरक्षाको अभावका कारण देखिएको उनले औंल्याए ।

डा. श्रेष्ठले फार्ममा दाना, पानी, औषधि र भुसलगायत सामग्री ल्याउने र अण्डा बाहिर पठाउँदा कडाइका साथ जैविक सुरक्षा अपनाउनुपर्ने बताए । साथै, फार्ममा आउने व्यक्ति र सवारीसाधनहरूलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने पनि उनको सुझाव छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending