Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अफगानिस्तानमा युनिसेफद्वारा किशोरी लक्षित व्यावसायिक तालिम

खबरडबली संवाददाता

अफगानिस्तान । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले औपचारिक शिक्षाबाट वञ्चित रहेका अफगान किशोरीलाई सशक्त बनाउने उद्देश्यले हेरात प्रान्तमा २०० किशोरीहरुको लागि व्यावसायिक प्रशिक्षण कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

खामा प्रेसले रिपोर्ट गरे अनुसार छ महिनाको कार्यक्रममा सहभागी १५ देखि २५ वर्ष उमेर समूहका किशोरी छन्, जसले अफगानिस्तानमा औपचारीक शिक्षाबाट वञ्चित युवाको प्रतिनिधित्व गर्दछ । जापानसँगको साझेदारीमा आयोजना गरिएको यस कार्यक्रमले सिलाई तथा गलैँचा बुनाईको प्रशिक्षण प्रदान गर्ने छ । कार्यक्रमको उद्देश्य उनीको जीविकोपार्जन र स्वतन्त्रतालाई समर्थन गरी व्यावहारिक सीपको वृद्दि गर्नु रहेको युनिसेफले जनाएको छ ।

खामा प्रेसले युनिसेफलाई उद्धृत गर्दै भनेको छ, “तालिबानले बिशोरीेको शिक्षामा प्रतिबन्ध लगाएदेखि १० लाखभन्दा बढी छात्रा विद्यालय जान असमर्थ हुँदा गम्भीर शिक्षा सङ्कट सिर्जना गरेको छ ।” हरेक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको उद्देश्य विश्वव्यापी रूपमा युवा अधिकार र अवसरहरूको प्रवद्र्धन गर्नु हो । लाखौँ अफगान युवाहरूले प्रतिबन्धित शिक्षा, उच्च बेरोजगारी र सीमित व्यक्तिगत स्वतन्त्रताको सामना गर्नुपरेको कारण यस वर्षको पर्व मनाइएको कुरा खामा प्रेसले उल्लेख गरेको छ ।

प्रशिक्षण कार्यक्रमले अफगान किशोरीलाई चलिरहेको प्रतिबन्धको बाबजुद रोजगार योग्य सीप प्राप्त गर्ने दुर्लभ अवसर प्रदान गर्ने जनाइएको छ ।  खामा प्रेसले उद्धृत गरेका पर्यवेक्षकले अफगानिस्तानको युवा पुस्ताका लागि आशा र अवसरको संरक्षणका लागि त्यस्ता पहल महत्वपूर्ण भएको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: