अफगानिस्तान । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले औपचारिक शिक्षाबाट वञ्चित रहेका अफगान किशोरीलाई सशक्त बनाउने उद्देश्यले हेरात प्रान्तमा २०० किशोरीहरुको लागि व्यावसायिक प्रशिक्षण कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।
खामा प्रेसले रिपोर्ट गरे अनुसार छ महिनाको कार्यक्रममा सहभागी १५ देखि २५ वर्ष उमेर समूहका किशोरी छन्, जसले अफगानिस्तानमा औपचारीक शिक्षाबाट वञ्चित युवाको प्रतिनिधित्व गर्दछ । जापानसँगको साझेदारीमा आयोजना गरिएको यस कार्यक्रमले सिलाई तथा गलैँचा बुनाईको प्रशिक्षण प्रदान गर्ने छ । कार्यक्रमको उद्देश्य उनीको जीविकोपार्जन र स्वतन्त्रतालाई समर्थन गरी व्यावहारिक सीपको वृद्दि गर्नु रहेको युनिसेफले जनाएको छ ।
खामा प्रेसले युनिसेफलाई उद्धृत गर्दै भनेको छ, “तालिबानले बिशोरीेको शिक्षामा प्रतिबन्ध लगाएदेखि १० लाखभन्दा बढी छात्रा विद्यालय जान असमर्थ हुँदा गम्भीर शिक्षा सङ्कट सिर्जना गरेको छ ।” हरेक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको उद्देश्य विश्वव्यापी रूपमा युवा अधिकार र अवसरहरूको प्रवद्र्धन गर्नु हो । लाखौँ अफगान युवाहरूले प्रतिबन्धित शिक्षा, उच्च बेरोजगारी र सीमित व्यक्तिगत स्वतन्त्रताको सामना गर्नुपरेको कारण यस वर्षको पर्व मनाइएको कुरा खामा प्रेसले उल्लेख गरेको छ ।
प्रशिक्षण कार्यक्रमले अफगान किशोरीलाई चलिरहेको प्रतिबन्धको बाबजुद रोजगार योग्य सीप प्राप्त गर्ने दुर्लभ अवसर प्रदान गर्ने जनाइएको छ । खामा प्रेसले उद्धृत गरेका पर्यवेक्षकले अफगानिस्तानको युवा पुस्ताका लागि आशा र अवसरको संरक्षणका लागि त्यस्ता पहल महत्वपूर्ण भएको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: