काठमाडाैं । सार्वजनिक शौचालय भन्नेबित्तिकै दिसा, पिसाब गर्ने स्थान भन्ने बुझिन्छ । यस्ता शौचालयमा पस्नेबित्तिकै नाक थुन्नुपर्ने पनि हुन सक्छ ।
अर्कोतर्फ, यस्ता शौचालयमा फरक क्षमता (अपांता), स्नान, स्तनपान कक्ष तथा स्यानिटरी प्याड तथा डाइपर फेर्ने सुविधा पाउनु त कल्पनाबाहिर । तर, आजदेखि कलंकी नागढुंगा राजमार्गअन्तर्गत चन्द्रागिरि– १५ ढुंगेअड्डास्थित बस बिसौनीनजिक सञ्चालनमा ल्याइएको अत्याधुनिक (स्मार्ट) सार्वजनिक शौचालयमा ती सुविधा छन् ।
उपत्यका बाहिरिने र भित्रिने काठमाडौं महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्र ढुंगेअड्डामा सधैँ भिडभाड हुने गर्दछ । यात्रु, सर्वसाधारण तथा बटुवाले सार्वजनिक शौचालयका अभावमा अत्यन्त सकस खेप्दै आएका थिए ।
चन्द्रागिरि नगरपालिकाको सहकार्य, चन्द्रागिरि– १५ को सहजीकरण तथा एरोसान सस्टेनेबल स्यानिटेसनको करिब रु. एक करोडको लागतमा सो ‘स्मार्ट’ शौचालय करिब दुई आना जमिनमा बनेको हो । यसको सञ्चालन तथा व्यवस्थापन सोही संस्थाले गर्ने जनाइएको छ ।
शौचालयमा रोग संक्रमण न्यूनीकरणका लागि स्वचालित उपकरणजस्तै स्वचालित फ्लस, बत्ती, साबुन, धारा छन् भने अलग स्नान कक्ष र महिलाका लागि स्तनपान कक्ष तथा ‘स्यानिटरी प्याड’ किन्ने व्यवस्था गरिएको छ । नगर क्षेत्रमा पहिलोपटक वातावरण तथा महिलामैत्री शौचालय सञ्चालनमा आएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले एरोसान सस्टेनेबल स्यानिटेसनसँगका सहयोग र सहकार्यमा नगरका अन्य विभिन्न तीन स्थानमा यस्तै ‘स्मार्ट’ शौचालय बनाइने जानकारी दिए।
चन्द्रागिरि– १५ का वडाध्यक्ष घनश्याम लुइँटेलले सर्वसाधारणको चाप रहने स्थानमा शौचालयको सुविधा दिनुपर्ने स्थानीय सरकारको दायित्व र सर्वसाधारणको हकसमेत रहेको हुँदा एरोसान सस्टेनेबल स्यानिटेसनसँगकाे सहयोग र सहकार्यमा स्मार्ट शौचालय सञ्चालनमा ल्याएको बताए।
उनले भने, ‘सर्वसाधारणले फोहाेर फाल्दै आएका स्थानलाई उपयोग गरेर शौचालय बनाइएको र यसले ओगटेको क्षेत्रबाहिर हरियाली उद्यान बनाइनेछ ।’
शौचालयलाई वातावरणमैत्री बनाउन शौचालयबाट निस्केको ठोस तथा तरल पदार्थलाई स्रोतमै व्यवस्थापन गर्न बायोग्यास प्लान्ट, अकासेपानी संकलन गरिने लक्ष्य रहेको एरोसान सस्टेनेबल स्यानिटेसनका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले जानकारी दिइन् ।
नेपालमा ‘स्मार्ट’ सार्वजनिक शौचालयको परिकल्पनाकार स्व. प्रकाशचन्द्र अमात्यकाे अवधारणाअनुसार सो ‘स्मार्ट’ शौचालय सञ्चालनमा ल्याइएको हो । उनी एसोसान नेपालका संस्थापक अध्यक्षसमेत थिए।
एरोसान सस्टेनेबल स्यानिटेसनले काठमाडौं र ललितपुर महानगरपालिकासँगकाे सहकार्यमा ती सहरका विभिन्न स्थानमा स्नानगृहसहितकोे नौवट ‘स्मार्ट’ शौचालय निर्माण तथा सञ्चालन गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: