चौतारा। सिन्धुपाल्चोकको तातोपानीमा बर्खा सुरु भएसँगै निरन्तर सडक अवरुद्ध हुँदै आएको छ । साउनको झरीले पहिरो चलेपछि सडक पूर्ण रूपमा ठप्प भएको हो ।
नेपाल–चीनबिचको उत्तरतर्फको प्रमुख व्यापारिक मार्ग ठप्प हुँदा व्यापारी मारमा परेका छन् । अर्को नाका केरुङ पनि ठप्प नै छ । अरनिको राजमार्गको कोदारी खण्डको इकोमा झरेको विशाल पहिरोले तातोपानी नाका पछिल्लो साता पूर्ण रूपमा बन्द भएको छ । चीनतर्फका छ सयभन्दा बढी कन्टेनर अहिले सीमापारका गोदाम र सडकमा रोकिएका छन् । नेपाल भित्रिएको केही सामान भन्सारसम्म ल्याइए पनि सडक बन्द भएपछि कन्टेनर खोलेर फलफूल, तरकारीलगायतका सामग्री बोकाएर ल्याउनु परेको छ ।
गत असार २४ गते रसुवागढी नाकामा आएको भीषण बाढीले बेलिब्रिज बगाएपछि केरुङ नाका पूर्ण रूपमा बन्द भएको छ । त्यसपछि व्यापारीको एक मात्र आधार तातोपानी नाका बनेकोमा यहाँ पनि एक साताअघिदेखि कोदारी–इको सडकखण्ड अवरुद्ध हुँदा दसैँलक्षित सामान रोकिएका छन् । सडक बन्द हुँदा सामान चीनमै रोकिएको नेपाल हिमालय सिमापार व्यापार सङ्घका अध्यक्ष रामहरि कार्कीले बताए। बजारमा समयमा सामान नपुग्दा अभाव हुने उनको भनाइ छ ।
सडक बन्द भएपछि फलफूल र तरकारी कन्टेनरमै कुहिन थालेका छन् । कतिपय व्यवसायीले तातोपानीका मजदुरलाई सामान बोकाएर पहिरो पार गराइरहेका छन् । भन्सार कार्यालयले अतिरिक्त समयसम्म काम गरिरहेको भए पनि सडक अवरुद्ध हुँदा सामानको छिटो ढुवानी सम्भव छैन । पैदलयात्रा गर्न पनि गाह्रो हुने अवस्थामा मजदुरले जोखिम मोलेर सामान बोकिरहेका छन् ।
तातोपानी नाका व्यापारिकसँगै धार्मिक मार्गका रूपमा पनि महìवपूर्ण रहेको छ । यही बाटो भएर भारतलगायत अन्य देशका तीर्थयात्री कैलाश मानसरोवर जाने गरेका छन् । अवरुद्ध भएपछि तीर्थयात्रीलाई समस्या परेको छ । एक जना भारतीय तीर्थयात्रीको ‘हाई अल्टिच्युड’ का कारण मृत्यु भएपछि शव लैजानसमेत स्थानीयले सहयोग गरेका छन् । पहिले पनि यस्तै कारणले चार जनाको मृत्यु भइसकेको सीमाक्षेत्र भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए।
नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष रामहरि कार्कीको नेतृत्वमा गत साता नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई तत्काल पहल गर्न माग गरिएको थियो । सोही समयमा भोटेकोशी गाउँपालिकाले पनि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालसमक्ष सीमानाकाको सडक नियमित गर्न अनुरोध गरेको थियो । “हरेक वर्ष बर्खामा यस्तै समस्या हुन्छ तर सरकारले समयमै तयारी गर्दैन,” सङ्घका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेले भने।
“व्यापारीको अर्बौंको सामान चीनमै अड्किएको छ । दसैँतिहार नजिकिँदै गर्दा हामीसँग कुनै विकल्प छैन,” उनले भने। सरकारले सडक तत्काल मर्मत, पहिरो व्यवस्थापन र भन्सारको क्षमता अभिवृद्धि नगर्ने हो भने हरेक वर्षको बर्खामा यस्तो सङ्कट निम्त्याउने निश्चित देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: