Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

कैदीको मृत्यु प्रकरणमा प्रजिअ अर्यालको भूमिका विवादित भएको आरोप

खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्ज कारागारमा कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका राहुल साह तुरहाको मंगलबार नारायणी अस्पतालमा मृत्यु भएपछि अशान्ति भएको वीरगञ्ज जिल्ला प्रशासन कार्यालय पर्सामा सहमति भएपछि शान्त भयो। 

घटनामा दोषीको पहिचान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन सहायक जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएकोमा सो समितिले निष्पक्ष ढंगले काम गर्नेमा शंका व्यक्त हुन थालेको छ।

मंगलबार दिनभरि अस्पतालमा जेल प्रशासनभन्दा प्रजिअ गणेशकुमार अर्यालले रेफर गरिएको बिरामी राहुल साह तुरहालाई अन्यत्र उपचारका लागि जान नदिएकाले मृत्यु भएको भनी हल्ला चल्यो। 

नाम नखुलाउने शर्तमा एक चिकित्सकले बताए अनुसार राहुललाई हृदयघात भएको र तत्काल जाली राख्नु पर्ने मा त्यसको उपचार नारायणी अस्पतालमा  सम्भव नदेखेपछि मेडिकल अफिसर इराज खानले नेशनल मेडिकल कलेजमा उपचारका लागि रेफर गरेका थिए। उनलाई एम्बुलेन्समा लैजान खोज्दा अचानक सुरक्षाकर्मीहरूले “सीडीओ साहेबले यही उपचार गराउन भनेकोले अन्यत्र लैजान नमिल्ने” भने। सिकिस्त रहेका राहुलको समयमा उपचार नपाएपछि उनको मृत्यु भयो।

प्रजिअ अर्यालसँग “तपाईंले अनुमति दिनु भएन भन्ने कुरा बाहिर आएको छ” भनी प्रश्न गर्दा उनले भने, “म उपचारको व्यवस्था मिलाउन मेसुलाई निर्देशन दिएको थिएँ, आइसीयू खाली गरेर भए पनि उपचार गर्न भनेको हुँ।”

उनको यो प्रतिक्रिया सामाजिक सञ्जालमा आएपछि व्यापक आलोचना सुरु भएको छ । चिकित्सक समाज नेपालको ग्रुपमा चिकित्सकहरूले नारायणी अस्पतालमा सम्भव नभएको उपचार गर्नु प्रजिअ अर्यालको बदमासी र अदूरदर्शिताको उदाहरण भएको भन्दै आलोचना गरेका छन् । यसैले उनको मातहतका कर्मचारीले तयार गर्ने प्रतिवेदन दुरुस्त नहुने चिकित्सकहरूको बुझाई रहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेमा टिकट विवाद: देशभर असन्तोष, सचिवालयदेखि जिल्लासम्म विद्रोह

काठमाडौं  । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...

सुदूरपश्चिममा एमालेको टिकट बाँडफाँट: टिकट हो वा त्रासदी ? बझाङ–कञ्चनपुर विवादले उडायो सुर

धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...

गोरखा–२ चुनावी प्रयोगशाला बन्दै

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा

धरान दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइते १३ जनामध्ये ८ गम्भीर

काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...

ओखलढुंगामा सिफारिस नपरेको उम्मेदवार बनाइएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी

ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...

ओखलढुंगा एमालेमा विस्फोट : ‘ओलीको खल्तीबाट टिकट’ भन्दै जिल्ला कमिटीद्वारा असहयोगकाे घोषणा

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...

टिकट खोसिएपछि एमालेमा विस्फोट : योगेश भट्टराईको लिखित विद्रोह, ओली नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...

विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending