वीरगञ्ज । वीरगञ्ज कारागारमा कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका राहुल साह तुरहाको मंगलबार नारायणी अस्पतालमा मृत्यु भएपछि अशान्ति भएको वीरगञ्ज जिल्ला प्रशासन कार्यालय पर्सामा सहमति भएपछि शान्त भयो।
घटनामा दोषीको पहिचान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन सहायक जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएकोमा सो समितिले निष्पक्ष ढंगले काम गर्नेमा शंका व्यक्त हुन थालेको छ।
मंगलबार दिनभरि अस्पतालमा जेल प्रशासनभन्दा प्रजिअ गणेशकुमार अर्यालले रेफर गरिएको बिरामी राहुल साह तुरहालाई अन्यत्र उपचारका लागि जान नदिएकाले मृत्यु भएको भनी हल्ला चल्यो।
नाम नखुलाउने शर्तमा एक चिकित्सकले बताए अनुसार राहुललाई हृदयघात भएको र तत्काल जाली राख्नु पर्ने मा त्यसको उपचार नारायणी अस्पतालमा सम्भव नदेखेपछि मेडिकल अफिसर इराज खानले नेशनल मेडिकल कलेजमा उपचारका लागि रेफर गरेका थिए। उनलाई एम्बुलेन्समा लैजान खोज्दा अचानक सुरक्षाकर्मीहरूले “सीडीओ साहेबले यही उपचार गराउन भनेकोले अन्यत्र लैजान नमिल्ने” भने। सिकिस्त रहेका राहुलको समयमा उपचार नपाएपछि उनको मृत्यु भयो।
प्रजिअ अर्यालसँग “तपाईंले अनुमति दिनु भएन भन्ने कुरा बाहिर आएको छ” भनी प्रश्न गर्दा उनले भने, “म उपचारको व्यवस्था मिलाउन मेसुलाई निर्देशन दिएको थिएँ, आइसीयू खाली गरेर भए पनि उपचार गर्न भनेको हुँ।”
उनको यो प्रतिक्रिया सामाजिक सञ्जालमा आएपछि व्यापक आलोचना सुरु भएको छ । चिकित्सक समाज नेपालको ग्रुपमा चिकित्सकहरूले नारायणी अस्पतालमा सम्भव नभएको उपचार गर्नु प्रजिअ अर्यालको बदमासी र अदूरदर्शिताको उदाहरण भएको भन्दै आलोचना गरेका छन् । यसैले उनको मातहतका कर्मचारीले तयार गर्ने प्रतिवेदन दुरुस्त नहुने चिकित्सकहरूको बुझाई रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र २५ गते, २०८२ - १४:२६
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव तथा अन्य प्राविधिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धार...
चैत्र २५ गते, २०८२ - १४:२२
काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) दिउँसो १:२० बजे सूचना जारी गरी वर्षा गरा...
चैत्र २५ गते, २०८२ - १४:२०
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ पुगेका हर्क साम्पाङले तुइन विस्थापनको अभियानअन्तर्गत झोलुङ्गे पुल निर्माणको सुरुवात गरेका छन्। उनले घ...
चैत्र २५ गते, २०८२ - १४:१४
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...
चैत्र २५ गते, २०८२ - १४:१२
काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...
चैत्र २५ गते, २०८२ - १३:५६
काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध प्रतिनिधि सभामा आवाज उठेको छ। बुधबार बसेको प्...
चैत्र २५ गते, २०८२ - १३:५३
म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ...
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...


प्रतिकृया लेख्नुहोस्: