Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

वार्ताबाट समाधान खोज्न तीन तहका सरकारलाई आयाेगकाे आग्रह

खबरडबली संवाददाता

कञ्चनपुर । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरमा आरक्ष पीडितहरूको माग सम्बोधनका लागि वार्ता र सहमति मार्फत समस्या समाधान गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । साथै, आमरण अनशनरत व्यक्तिहरूको जीवन रक्षा गर्न तत्काल पहल गर्न अनुरोध गरेको छ ।

आयोगका अनुसार आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकाया र रणबहादुर बम साउन २२ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित मदनचोकमा आमरण अनशनमा छन् । उनीहरूले आरक्ष पीडितलाई क्षतिपूर्ति, ढक्का र तारापुरलगायत बस्तीका लागि बसोबासको व्यवस्था, आरक्ष पीडितलाई द्वन्द्वपीडित घोषणा गर्ने, र निःशुल्क स्वास्थ्य तथा शिक्षा उपलब्ध गराउने माग राखेका छन् ।

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा गरिएको अनुगमनमा अनशनरत दुवै व्यक्ति ज्येष्ठ नागरिक भएको र उनीहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ ।

आयोगले संविधानमा सुनिश्चित गरिएका मौलिक हक तथा मानव अधिकार — जस्तै सम्मानपूर्वक बाँच्न पाउने हक, सम्पतिको हक, शिक्षा, रोजगारी, स्वास्थ्य, आवास, महिला, बालबालिका, दलित र ज्येष्ठ नागरिकका हक — आरक्ष पीडितका हकसँग प्रत्यक्ष सम्बन्धित रहेको स्पष्ट पारेको छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मेवारी रहेको र अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रअन्तर्गत जीवन धान्ने उपायबाट कसैलाई वञ्चित गर्न नपाइने प्रावधान स्मरण गराएको छ ।

आयोगले विवादको विषयमा छिटो निष्कर्षमा पुग्न वार्ता र सहमतिको बाटो अवलम्बन गर्न सिफारिस गर्दै अनशनरत पक्षलाई पनि आफ्ना मागबारे छलफल, वार्ता र कानूनी प्रक्रिया अपनाउन अपील गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: