Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

पूर्व राष्ट्रपति विद्या भण्डारीको दाबी: "म एमालेको कार्यकर्ता हुँ, सदस्यता खोसिएको हल्ला निराधार हाे"

खबरडबली संवाददाता

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को केन्द्रीय समितिले आफ्नो सदस्यता खोसेको भन्ने हल्ला निराधार भएको बताएकी छन् । 

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू विगत ३५–३६ वर्षदेखि एमालेको कार्यकर्ता रहेको र पार्टीसँगको संगठनात्मक सम्बन्ध अटुट रहेको स्पष्ट पारिन् । “मैले लामो समयदेखि पार्टीमा निरन्तर काम गरिरहेकी छु । राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि मैले सदस्यता नवीकरण गरेकी छु,” उनले भनिन्, “यो मेरो अधिकार हो, जसलाई कसैले खोस्न सक्दैन ।” एमालेले उनलाई ‘पूर्वराष्ट्रपति’का रूपमा मात्रै लिने भन्ने अभिव्यक्तिप्रति उनले प्रत्यक्ष टिप्पणी नगरे पनि कुनै पनि विषयमा छलफलका लागि आफू खुला रहेको उल्लेख गरिन् ।

राजतन्त्र र गणतन्त्रको तुलनाबारे सोधिएको प्रश्नमा भण्डारीले राजा व्यक्ति भएको तर राष्ट्रपति पद भएको बताइन् । “जनताले निर्वाचित गरेको व्यक्ति राष्ट्रपति बन्छ र कार्यकालपछि सामान्य नागरिक जीवनमा फर्किन्छ,” उनले प्रष्ट पारिन् ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालासँगको भेटघाटबारे भइरहेका टिप्पणीप्रति उनले कुनै आपत्ति नभएको जनाइन् । “हामी पुराना साथी हौँ । भेटघाट स्वाभाविक हो,” उनले भनिन्, “शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीजस्ता विषयमा नेताहरूबीच छलफल हुनु सकारात्मक कुरा हो ।”

वाम एकताको सम्भावनाबारे सोध्दा भण्डारीले तत्काल बलियो आधार नदेखिएको तर भविष्यमा यो असम्भव नरहेको बताइन् । “वाम एकताका लागि परिस्थिति र आधार तयार हुनुपर्छ । अहिले त्यस्तो अवस्था नदेखिए पनि भविष्यमा सम्भावना रहन्छ,” उनले भनिन् ।

पार्टीसँगको सम्बन्धबारे उठेका प्रश्नहरूको जवाफमा भण्डारीले आफ्नो संगठनात्मक सम्बन्ध एमालेसँगै रहेको दोहोर्‍याइन् । “म नेकपा (एमाले) को कार्यकर्ता हुँ । मैले एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर जितेकी हुँ । आज पनि मेरो पहिचान त्यही हो,” उनले जोड दिँदै भनिन्, “पार्टीले औपचारिक रूपमा कुनै निर्णय गरेको भए मलाई जानकारी छैन, तर मेरो सम्बन्ध एमालेसँगै छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE