Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

खबरडबली संवाददाता

खोटाङ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो ।

अभियानको पहिलो दिन सोमबार दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ ।

लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । 

अभियानका क्रममा स्थानीयवासी तथा व्यवसायीलाई डेङ्गुको असर, सर्ने तरिका तथा बच्ने उपायका बारेमा जानकारीसमेत दिइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले जानकारी दिए । 

दश स्थानीय तह रहेको जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य कार्यालय खोटाङले आइतबार जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसँग अभिमुखीकरण तथा अन्तरक्रिया गरेको थियो । डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टे फैलन नदिनु उत्तम उपाय भएकाले जिल्लाभर लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गर्ने निर्णय गरिएको चौलागाईंले बताए ।

जिल्लास्थित स्वास्थ्य कार्यालयले सुरु गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्न पत्राचारसमेत गरिएको जनाइएको छ । डेङ्गुको सङ्क्रमण भएका व्यक्तिमा आँखाको पछाडि (भित्री) भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थिहरू सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनुजस्ता लक्षण देखिने स्वास्थ्यकर्मीले बताएका छन् ।

डेङ्गुको सङ्क्रमण नियन्त्रण गर्न खास उपचार नभएकाले आफैँ सचेत रहनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउन, सकेसम्म धेरै आराम गर्न, ज्वरो नियन्त्रण गर्न सिटामोल प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १४ जना बिरामीमा स्क्रबटाइफसका बिरामी भेटिएका स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले जानकारी दिए । उनका अनुसार डेङ्गु र स्क्रबटाइफस सङ्क्रमण देखिएका बिरामीमध्ये दुई/दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको छ । 

स्क्रबटाइफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हात खुट्टा र शरीर दुख्नेजस्ता भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिने स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले बताए । स्क्रबटाइफस माइट (किरा) को टोकाइबाट सर्ने र उपचारमा ढिला भएको खण्डमा जोखिम हुने स्वास्थ्यकर्मीले बताएका छन् । 

जिल्ला अस्पताल खोटाङमा पछिल्लो समय विभिन्न समस्या लिएर दैनिक १५० देखि २०० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिए। उनका अनुसार उपचारमा आउने बिरामीका लागि अस्पतालमा आवश्यक उपकरण र शय्या अभाव हुँदा समस्या भएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending