कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० झालरीस्थित नयाँ गन्तव्य नेपाल सुधारगृहले सञ्चालनको पहिलो वर्षमा ३९ जना युवालाई दुर्व्यसनमुक्त बनाउँदै घर फर्काएको छ । सुधारगृहले एक वर्षको अवधिमा ६८ जना सेवाग्राहीलाई सेवा दिएको हो ।
हालसम्म ३९ जना दुव्र्यसनमुक्त भई घर फर्किएका छन् भने हाल २९ जना उपचाररत छन् । चार जनाको टोलीद्वारा सञ्चालित सुधारगृहको अध्यक्ष हेमन्तसिंह रावल छन् । उनी आफैँ पनि विगतमा दुर्व्यसनमा फसेका थिए ।
‘हामी पनि सुधारगृहमा बसेर सुधार भएका हौँ’, अध्यक्ष रावलले भने, ‘अब समाजका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ सुधारगृह सञ्चालन गरेका हौँ, दुर्व्यसनमा फसेका युवालाई उपचार गरी घर फर्काउन पाउँदा निकै खुसी छौँ ।’ सुधारगृहमा दुर्व्यसनमा फसेका व्यक्तिलाई कम्तीमा चार महिना राख्ने गरिएको उनले जानकारी दिए ।
उपचार अवधि सुधारको अवस्था र अभिभावकसँगको सहकार्यमा थप गरिने गरिएको सुधारगृहका स्वयंसेवक गोकर्णदेव अवस्थीले बताए । उनका अनुसार अभिभावकले निगरानी नगर्दा धेरै युवा दुर्व्यसनमा फस्ने गरेका छन् ।
सुधारगृहप्रति अझै पनि समाजमा नकारात्मक दृष्टिकोणले हेरिने गरिएको परामर्शदाता धीरेन्द्र खडायतले बताए । सात वर्षअघि आफैँ सुधारगृह बसेर दुव्र्यसनमुक्त भएका उनी अहिले परामर्शदाताका रूपमा कार्यरत रहेका छन् ।
‘सुधारगृहमा आएपछि धेरैको जीवन फेरिएको छ, समाजले सुधारगृहलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ’, उनले भने, ‘सुधारगृहमा बसेर फर्केका युवालाई समाजमा पुनःस्थापन गर्न सबैको सहयोग आवश्यक छ ।’
दुर्व्यसन नियन्त्रणमा सुधारगृहको योगदान महत्त्वपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले बताए । ‘प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन’, उनले भने, “युवालाई दुर्व्यसनमुक्त गराउन सुधारगृह, समाज र अभिभावकको संयुक्त प्रयास आवश्यक छ ।’ नयाँ गन्तव्य नेपालले उपचार र पुनःस्थापनामा खेलेको भूमिका सराहनीय रहेको उनले उल्लेख गरे ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले पनि सुधारगृहले नागरिक र परिवारलाई बर्बादीबाट जोगाउन महत्वपूर्ण योगदान दिएको बताए । ‘युवामा दुर्व्यसनको लत बढ्दो अवस्थामा छ’, उनले भने, ‘यसको रोकथाममा परिवार, समाज र राज्यका निकायको सहकार्य अनिवार्य छ ।’
झलारीका लागुऔषधविरुद्धका अभियन्ता हरिश धामीले समाजकै सक्रियताले मात्र युवालाई गलत बाटोबाट जोगाउनसक्ने बताए । ‘समाजले मान्छे बनाउन सक्छ, बिगार्न पनि सक्छ’, उनले भने, ‘दुर्व्यसनमुक्त समाज बनाउन घरघरमा सचेतना पुग्नुपर्छ ।’
शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले सुधारगृहलाई नगरकै सम्पत्ति भन्दै यसको संरक्षण र विस्तारमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । ‘सुधारगृह जोगाउनु र विस्तार गर्नु तीनै तहका सरकारको दायित्व हो”, उनले भने, “नागरिकले पनि आफ्नोतर्फबाट सक्ने सहयोग गर्नुपर्छ ।’
‘स्थानीय तहले आफ्नै लगानीमा सुधारगृह खोल्नसक्ने व्यवस्था रहे पनि खोल्न सकेको छैन, खोलिएको सुधारगृहको सुधारका लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ’, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: