काठमाडौं । अमेरिकी सरकारले आफ्नो आप्रवासन नीति कडा बनाउँदै ६ हजारभन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ। ती विद्यार्थीहरूमध्ये धेरैजसोले अमेरिकी कानुन उल्लंघन गरेको, तोकिएको अवधि भन्दा बढी समय अमेरिका बसेको, वा आपराधिक गतिविधिमा संलग्न भएको जनाइएको छ।
बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले मादक पदार्थ सेवन गरेर सवारी चलाउने, चोरी जस्ता आपराधिक गतिविधिमा संलग्न हुने तथा आतंकवादसँग सम्बन्धित कार्यमा संलग्न रहेको आरोपमा विद्यार्थीहरूको भिसा रद्द गरेको हो।
यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको हिस्सा हो, जसले विदेशी विद्यार्थीहरूमाथि पनि निगरानी र कडाइ बढाएको छ।
यद्यपि "आतंकवादलाई समर्थन गर्ने" भन्नाले के बुझिन्छ भन्नेबारे मन्त्रालयले स्पष्ट व्याख्या भने दिएको छैन। यस अन्तर्गत प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने वा यहूदीविरोधी व्यवहार गरेको आरोप लागेका केही विद्यार्थीहरूलाई समेत कारबाही गरिएको छ।
मन्त्रालयका अनुसार, रद्द गरिएका भिसामध्ये करिब ४ हजार विद्यार्थीहरूले आप्रवासन कानुन उल्लंघन गरेका थिए भने २०० देखि ३०० विद्यार्थीको भिसा 'आईएनए ३बी' अन्तर्गत आतंकवादसम्बन्धी मुद्दामा रद्द गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: