झापा । झापामा विद्युत् प्रयोगमा लापरबाहीका कारण करेन्ट लागी हुने मृत्युको घटना बढ्दो छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र जिल्लाभर १५ जनाले करेन्टका कारण ज्यान गुमाएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामै १० जनाको मृत्यु भएको छ। गत साउन महिनामा मात्रै पाँच जनाले करेन्ट लागेर ज्यान गुमाएका थिए।
उनका अनुसार, ज्यान गुमाउने अधिकांश ग्रामीण क्षेत्रका बासिन्दा हुन्, जसले विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञान नहुँदा असुरक्षित प्रयोग गर्ने गरेका छन्।
करेन्ट लागेर हुने मृत्युका प्रमुख कारणमा मोटरबाट पानी तान्ने क्रममा लापरबाही, खोलामा करेन्ट लगाएर माछा मार्ने, र कुटी काट्ने क्रममा हुने दुर्घटना पर्छन्। अपूर्ण ज्ञान र सावधानीको कमीले अनावश्यक रूपमा मानवीय क्षति बढिरहेको प्रहरीको भनाइ छ।
यसैबीच, मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको सोमबार साँझ आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ। बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा उनी अचानक करेन्ट लागेर अचेत भएका थिए। उनलाई उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्याइएको भए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...
माघ ५ गते, २०८२ - १८:१२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि...
माघ ५ गते, २०८२ - १८:०५
काठमाडौँ। जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानक...
माघ ५ गते, २०८२ - १५:४१
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले राजीनामा दिएका छन् । मेयर साहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । ...
माघ ५ गते, २०८२ - १४:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...




प्रतिकृया लेख्नुहोस्: