Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

पुनः चर्कियो महाशिलामा फलामखानी उत्खननको माग

खबरडबली संवाददाता

पर्वत । पर्वतको महाशिला गाउँपालिका–६ स्थित सम्भावित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनः माग गरेका छन्। करिब चार वर्षअघि खानी तथा भूगर्भ विभागको टोलीले इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी (ERT) प्रयोग गरी सर्वेक्षण गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिए पनि उत्खनन प्रक्रिया अघि बढेको थिएन।

धुवाँकोटे फलामले चिनिएको यो खानी करिब दुई किलोमिटर लम्बाइमा फैलिएको अनुमान छ। यसबारे खानी तथा भूगर्भ विभाग र नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता भए पनि कम्पनीले चासो नदेखाउँदा प्रक्रिया रोकिएको वडाध्यक्ष गोविन्दबहादुर विकले बताए।

स्थानीयले उत्खनन गरेको फलाम २०४० सालसम्म घरेलु औजार र पुल निर्माणमा समेत प्रयोग हुने गरेको प्रमाण छ। मोदीवेणी र जैमिनीघाटका पुराना पुलमा अझै पनि त्यही फलाम प्रयोग भएको लठ्ठा देख्न सकिन्छ।

स्थानीय प्रेमबहादुर सुनारका अनुसार यहाँको फलाम प्रशोधन नगरी सिधै तताएर प्रयोग गर्न सकिने खालको छ। तर कोइला अभावका कारण विगतमा उत्खनन बन्द भएको थियो।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा पर्वतको फलामखानी तत्काल उत्खनन गर्ने विषयमा मन्त्रालयलाई निर्देशन दिएका छन्। उनले यो खानी धौवादीभन्दा पनि उत्कृष्ट हुनसक्ने भन्दै अध्ययन–अनुसन्धान अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आह्वान गरेका हुन्।

स्थानीयवासीले घरआँगनमै फलामको भण्डार हुँदाहुँदै आयातित फलाम प्रयोग गर्नु परेको गुनासो गर्दै खानी सञ्चालन भए रोजगारी र राष्ट्रिय अर्थतन्त्र दुवैमा टेवा पुग्ने अपेक्षा राखेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...

ओखलढुंगा एमालेमा विस्फोट : ‘ओलीको खल्तीबाट टिकट’ भन्दै जिल्ला कमिटीद्वारा असहयोगकाे घोषणा

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...

टिकट खोसिएपछि एमालेमा विस्फोट : योगेश भट्टराईको लिखित विद्रोह, ओली नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...

विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...

जनकपुरमा बालेनको ‘शक्ति प्रदर्शन’, समर्थकको भीडले विमानस्थलको सिसा ढोका फुट्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि...

जनकपुरबाट भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ।     जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानक...

बालेनले दिए पदबाट राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले राजीनामा दिएका छन् ।  मेयर साहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । ...

प्रधानमन्त्रीले मन्त्रीहरूसहित बैठक बोलाइन्, निर्वाचन तयारी र आचारसंहिताबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...

दलहरूको दबाब र सर्वोच्चको मुद्दाकाे असरले उम्मेदवारी दर्ता केही दिन सर्नसक्ने संकेत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending