Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

कांग्रेस–एमाले दुवैले आकस्मिक रूपमा सांसदलाई सिंहदरबार बोलाए, उपसभामुखविरुद्ध महाअभियोगको तयारी

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ दल नेकपा एमाले र सत्ता साझेदार नेपाली कांग्रेस दुबै दलले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन्।

एमालेले बिहान साढे १० बजे र कांग्रेसले दिउँसो १२ बजेसम्म सांसदहरू अनिवार्य रूपमा दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। एमालेले “जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने” कारण देखाएको छ भने कांग्रेसले “महत्त्वपूर्ण निर्णयमा सहमति र हस्ताक्षर आवश्यक” भन्दै सांसदहरूलाई बोलाएको स्रोतले जनाएको छ।

दुवै दलले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको अनुमान गरिएको छ। रानामगरले संसद सचिवालयको लेटरप्याड प्रयोग गरी अमेरिकाको भिसाका लागि सिफारिस पत्र लेखेको आरोप छानबिनका लागि दर्ता प्रस्ताव अघि बढाउने पहल भइरहेको हो।

रानामगर संवैधानिक परिषद्को सदस्य हुने भएकाले उनको पदमुक्तीबारे विगतदेखि नै राजनीतिक रूपमा बहस हुँदै आएको थियो। हाल परिषद्मा कांग्रेसको प्रतिनिधित्व नरहेकाले उनलाई हटाउने प्रयास अझ तीव्र बनेको देखिन्छ।

यद्यपि एमालेले आधिकारिक रूपमा छलफलको एजेन्डा खुलाएको छैन। तर, संसदमा विचाराधीन विधेयकहरूसँगै उपसभामुखविरुद्ध महाअभियोग प्रस्तावलाई समेत प्रमुख एजेन्डा बनाइएको राजनीतिक विश्लेषण गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...

ओखलढुंगा एमालेमा विस्फोट : ‘ओलीको खल्तीबाट टिकट’ भन्दै जिल्ला कमिटीद्वारा असहयोगकाे घोषणा

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...

टिकट खोसिएपछि एमालेमा विस्फोट : योगेश भट्टराईको लिखित विद्रोह, ओली नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...

विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...

जनकपुरमा बालेनको ‘शक्ति प्रदर्शन’, समर्थकको भीडले विमानस्थलको सिसा ढोका फुट्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि...

जनकपुरबाट भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ।     जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानक...

बालेनले दिए पदबाट राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले राजीनामा दिएका छन् ।  मेयर साहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । ...

प्रधानमन्त्रीले मन्त्रीहरूसहित बैठक बोलाइन्, निर्वाचन तयारी र आचारसंहिताबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...

दलहरूको दबाब र सर्वोच्चको मुद्दाकाे असरले उम्मेदवारी दर्ता केही दिन सर्नसक्ने संकेत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending