Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

बैतडीको खानी उत्खनन : सडक विभागको अनुमतिपछि उद्योग सञ्चालन

बैतडीमा सिमेन्ट उद्योग खोल्न प्रस्ताव गरिएको सुपले क्षेत्र । तस्बिर सौजन्य : आइएमई समूह
खबरडबली संवाददाता

बैतडी । बैतडीमा सिमेन्ट उद्योग स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग सञ्चालनका क्रममा महाकाली लोकमार्गमा असर पर्छ कि पर्दैन भन्ने प्रश्नमा सडक विभागसँग औपचारिक राय मागिएको छ ।

आइएमई समूहले दोगडाकेदार र सुर्नया गाउँपालिकाको धर्मघरदेखि सुप्ले लेकसम्म करिब १० वर्गकिलोमिटर क्षेत्रमा खोजतलास अनुमति लिएको छ । सो क्षेत्र महाकाली लोकमार्गदेखि करिब ५०० मिटर टाढा रहेको र सडकमा ठुलो असर नपर्ने सम्भावना रहेको बैतडी सडक डिभिजनका इन्जिनियर लीलाधर भट्टले बताए ।

समूहले करिब २५ अर्ब रुपैयाँ लगानीमा उद्योग स्थापना गर्ने योजना बनाएको छ । पहिलो चरणमा ६८ हेक्टर क्षेत्रमा चुनढुङ्गा उत्खनन गरी ३५ वर्षसम्म पुग्ने अनुमान गरिएको छ ।

भूवैज्ञानिक प्रेम खड्काका अनुसार खानीमा करिब ४ करोड ६५ लाख टन चुनढुङ्गा रहेको छ, जसबाट दैनिक ४,५०० टन उत्पादन गर्ने योजना छ । सो ढुङ्गामा ५०% क्याल्सियम अक्साइड र १.२% म्याग्नेसियम अक्साइड पाइएकाले सिमेन्ट उत्पादनका लागि अत्यन्त उपयुक्त देखिएको छ ।

२०७७ सालमा सुदूरपश्चिम प्रदेश सरकारले गरेको अध्ययनले पनि बैतडीमा नेपालकै उत्कृष्ट चुनढुङ्गा भण्डार रहेको निष्कर्ष निकालेको थियो । त्यसपछि आइएमई समूहले नवलपरासीमा गर्न लागेको परियोजना स्थगन गरी बैतडीमा उद्योग स्थापना गर्ने निर्णय गरेको हो ।

नेपाल–भारत सीमानाका झुलाघाटबाट करिब ३५ किलोमिटर पूर्वमा उद्योग स्थापना गर्ने तयारी छ, जसले सिमेन्ट निर्यातको लक्ष्य पनि राखेको छ ।

बैतडी मै भेटियो फलाम पनि

सिमेन्ट उत्पादनका लागि आवश्यक फलाम समेत बैतडीमै भेटिएको छ । नेपाल जिन्दु माइनिङले सिगास गाउँपालिका–१ सुगरखालमा गरेको खोजतलासमा ३८% गुणस्तरको फलाम फेला परेको छ । यसले बैतडीलाई अब सिमेन्ट उद्योग मात्र नभई खानी उद्योगको केन्द्र बनाउन सक्ने आधार देखाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...

ओखलढुंगा एमालेमा विस्फोट : ‘ओलीको खल्तीबाट टिकट’ भन्दै जिल्ला कमिटीद्वारा असहयोगकाे घोषणा

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...

टिकट खोसिएपछि एमालेमा विस्फोट : योगेश भट्टराईको लिखित विद्रोह, ओली नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...

विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...

जनकपुरमा बालेनको ‘शक्ति प्रदर्शन’, समर्थकको भीडले विमानस्थलको सिसा ढोका फुट्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि...

जनकपुरबाट भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ।     जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानक...

बालेनले दिए पदबाट राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले राजीनामा दिएका छन् ।  मेयर साहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । ...

प्रधानमन्त्रीले मन्त्रीहरूसहित बैठक बोलाइन्, निर्वाचन तयारी र आचारसंहिताबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...

दलहरूको दबाब र सर्वोच्चको मुद्दाकाे असरले उम्मेदवारी दर्ता केही दिन सर्नसक्ने संकेत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending