चितवन। भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् ।
बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो पोखरी वरपरका १०४ वटा रुखमा घुँगीफोरले ४७८ वटा गुँड बनाएका समूहका अध्यक्ष कृष्णहरि प्रसाईँले बताए । एउटै रुखमा १० वटासम्म गुँड छन् ।
“घुँगीफोरले सुक्खा रुखहरूमा गुँड बनाउने गर्छन्भने घुँगी तथा साना जलचर खाने गर्छन् । अध्यक्ष प्रसाईँले भने “हामीले अवलोकन गर्दा १०४ वटा रुखमध्ये केबल तीन वटामा मात्र हरियो रुखमा गुँड देखिएको छ, बाँकी सबै सुक्खा रुखमा छन् ।” प्रजनन याममा घुँगीफोरहरूको गतिविधि हेर्न पन्छी अवलोकनकर्ता र संरक्षणकर्मीहरू उत्साहका साथ आउने गरेका छन् । उनले थपे, “प्रजनन अवधिमा पोखरी क्षेत्रमा डुङ्गाजस्ता पर्यटकीय गतिविधिहरू बन्द गरिएको छ, गुँडहरूमा असर नहोस् भनेर ।”
यस क्षेत्र पहिले ‘ठूलो घोल’को नामले चिनिन्थ्यो, जहाँको पानी राप्ती नदीमा मिसिन्थ्यो । तर विसं २०६५ मा गङ्गानगर सिँचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ड्याम निर्माण गरी पोखरीमा रूपान्तरण गरिएको हो । अहिले यो क्षेत्र केवल सिँचाइका लागि मात्र नभई जैविक विविधताका लागि पनि महत्त्वपूर्ण बनेको छ ।
अध्यक्ष प्रसाईँका अनुसार, पहिले यहाँ जाडोयाममा साइबेरियन चरा देखिन्थे, तर अहिलेका वर्षहरूमा स्थायी रूपमा बसोबास गर्ने रैथाने पन्छीहरू देखा पर्न थालेका छन् । उनले भने, “ सात वर्षयता घुँगीफोर यहाँ आउन थालेका हुन् ।”
घुँगीफोरले चैत–वैशाख महिनादेखि गुँड बनाउन सुरु गर्छन्, जेठमा फुल पार्छन् र भदौमा चल्ला कोरल्छन् । ठूला झुन्डमा रहने यिनले सामूहिक रूपमा गुँड बनाउने बानीले गर्दा अन्य चराहरूलाई आफ्नो उपस्थिति सहजै थाहा नहुने अध्यक्ष प्रसाईँले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: