काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
‘बोलपत्र डटकम’ प्रणालीमा अनधिकृत पहुँच बनाएर प्रतिस्पर्धी कम्पनीहरूको विवरण हेर्ने, छुट प्रतिशत फेरबदल गर्ने र आफ्नै कम्पनीलाई ठेक्का पार्ने यो कुनै फिल्मी कथा होइन, राजधानीमै चलिरहेको वास्तविक ‘सेटिङ’ हो।
यस प्रकरणमा पूर्वमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेसहित १२ जना पक्राउ परेका छन्। अनुसन्धानले देखाएको छ । ठेक्का जित्न अब केवल कागज र क्षमता होइन, ‘सिस्टममै पहुँच’ चाहिन्छ।
सबैभन्दा चासोको विषय भनेको बञ्चरेडाँडाको ठेक्का हो। प्रहरीका अनुसार कल्पवृक्ष बिल्डर्सले वेबसाइट ह्याक गरेर ठेक्का आफ्नो पक्षमा पार्न ४० लाख रुपैयाँ ‘घुस’ दिएको खुलेको छ। रकम कसले लियो । ह्याकर कि कर्मचारी अहिले पनि अनुसन्धानकै विषय छ।
अनुसन्धानमा संलग्न अधिकारीहरू भन्छन्, “पहिले प्रतिस्पर्धीको प्रस्ताव हेरिन्छ, अनि आफ्नै प्रस्ताव मिलाइन्छ।” अर्थात्, प्रतिस्पर्धा होइन पहिले जानकारी, त्यसपछि मिलेमतो।
कालिका कन्स्ट्रक्सनले समेत बागमती पुलको ठेक्कामा यस्तै ‘डिजिटल चलखेल’ गरेको आशंका छ। प्राविधिक प्रस्ताव पास भएपछि आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रतिशत फेरिएको भेटिएको छ।
यो घटनाले अर्को गम्भीर पाटो पनि देखाएको छ । सरकारी कर्मचारीकै संलग्नता। धनकुटाका नायब सुब्बा दिवाकर देउजा ह्याकर र ठेकेदारबीच ‘ब्रोकर’को भूमिकामा रहेको अनुसन्धानले देखाएको छ। रोचक के छ भने, उनी यसअघि पनि टेलिकम ह्याक प्रकरणमा पक्राउ परिसकेका व्यक्ति हुन्।
यसबाट स्पष्ट सन्देश जान्छ ह्याकिङ केवल बाहिरबाट होइन, भित्रबाट पनि भइरहेको छ।केयूकेएलका ठेक्कामा समेत मिलेमतो भएको आशंका छ भने अन्य निर्माण कम्पनीहरू पनि अनुसन्धानको दायरामा छन्।
अहिले प्रश्न ठूला छन् सरकारको ‘डिजिटल’ खरिद प्रणाली कति सुरक्षित छ? सिस्टममै छिर्न मिल्ने भए, प्रतिस्पर्धा भन्ने कुरा कागजमै सीमित होइन?
यो प्रकरण केवल १२ जनाको गिरफ्तारीमा सीमित छैन । यो सार्वजनिक खरिद प्रणालीमै ‘सेटिङको नेटवर्क’ रहेको संकेत हो। अन्ततः, नागरिकले सोध्ने बेला आएको छ । ठेक्का योग्यले जित्ने कि पहुँचवालाले?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: